शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • हावाहुँरी पिडितको पिडामा मल्हम लगाउन दिन–रात यसरी काम गर्दैछ युवासंघ

हावाहुँरी पिडितको पिडामा मल्हम लगाउन दिन–रात यसरी काम गर्दैछ युवासंघ

  • आइतवार, चैत्र २४, २०७५
हावाहुँरी पिडितको पिडामा मल्हम लगाउन दिन–रात यसरी काम गर्दैछ युवासंघ

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट भातृ संगठन युवा संघ नेपाल हावाहुरी प्रभावित क्षेत्रमा पुगेको छ । आइतबार बेलुका आएको हावाहुरीले प्रदेश नम्बर दुईको बारा र पर्सामा ठुलो जनधनको क्षति गरेको छ । घटना भएका दिन रातभरी नसुतेर घटनाबारे अपडेट लिइरहनु भएका पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओलीले सबैलाई उद्धारमा लाग्न अनुरोध गर्नुभएको थियो ।  पार्टी नेतृत्वको निर्देशन र भाइचारा सम्बन्ध निर्वाह गर्न संघ तराई झरेको हो । प्रधानमन्त्री ओलीले घटना लगत्तै उक्त क्षेत्रमा गएर जानकारी दिनु भएको छ । यो सँगै सरकारले मृतकलाई राहत दिने देखि बिरामीहरुको निःशुल्क उपचार गर्ने सम्मको निर्णय गरेको छ ।

विभिन्न पार्टी नेताहरु र तिनका भातृ संगठनहरुले सहयोग गर्ने जनाएका छन् । विद्यार्थी संगठनहरु पनि उद्धारमा गएका छन् । मंगलबार युवा संघ अध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल लगायतका युवाहरु राहत सहित उक्त क्षेत्रमा पुगेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार