तपाईँ साग कतिको खानु हुन्छ र तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातिमध्ये एक हो फर्सीको मुन्टा वा भनौँ फर्सीको पातको साग ।

उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको मुन्टाको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेसियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहन का लागि शरीरमा यि सबै तत्वको आवश्यकता पर्दछ ।

युएसडीए नेशनल न्युट्रियन्ट्स अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरू हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित रहन सक्नु हुनेछ ।

फर्सी कत्तिकाे मन पर्छ ? मन नपरेपनि खाने गर्नुहाेस, फाइदा सुनेर अचम्ममा पर्नुहुनेछ

तरकारीको रुपमा प्रयोग हुने विभिन्न तरकारीहरू मध्ये फर्सी पनि एक निकै उपयोगी तरकारी हो । फर्सी स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाजनक मानिन्छ। फर्सीमा भिटामिनको मात्रा निकै बढी पाइन्छ भने अन्य पौसष्टक पदार्थ पनि उत्तिकै पाइन्छ ।

यसमा पाइने पौष्टिक तत्व र यसका फाइदाहरू के के छन् त  ?

१. २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्ने काममा मद्दत पुग्छ।

२. फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्दत गर्छ।

३. पहेँलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

४. फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ, यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ। यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्दत गर्छ।

५. यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्दत गर्छ।

६. फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्दत गर्छ ।

७.कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ ।

८.कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

९.पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

१०.गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

११.फर्सीको बियाले शरीरमा भएको पत्थरी निकाल्छ ।

१२.फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।

१३.निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।

१४.रुखो कपाललाई नरम बनाउँछ ।

१५.फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

हामी सम्बन्धित केहि थप जानकारी दिइएका छाैँ

कलेजोमा जम्मा हुने कोलेस्टेरोल यी खानाहरू घटाउछ जानिराखाैँ

कोलेस्टेरोल के हो ?

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो । यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ ।

यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोर शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ।

यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन् । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ । त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ । कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।

४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ । मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन् ।

नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ ।

नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ । यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

१. ओखर

ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ । यसले शरीरको सूजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ । ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ ।

२. ओलिभ आयल

यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो । यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ । यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ । यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ ।

३. रेडवाइन

मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्टेरोल नियन्त्रणमा मद्धत गर्छ भन्ने देखिएको छ । रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ । यसले कोलेस्टेरोल लेभललाई घटाउँछ । यसका लागि राति एक ग्लास वाइन पिउन सकिन्छ। तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ ।

४. सुन्तलाको जुस

सुन्तलाको जुस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो । सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ । यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ । एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ ।

५. डार्क चकलेट

डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पुर्याउँछ । सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए । यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ । यसका साथै यसले छाला स्वस्थ राख्न मद्धत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसन्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए ।

६. ग्रीन टी

ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ । अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ । ग्रीन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।

कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्

१. कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।

२. भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

३. कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।

४. चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।

५. हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

६. मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।

७. कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।

८. कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ ।

९. कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुठ पनि कम खानुपर्छ ।

१०. फलफुल र सागसब्जि बढी खाने

११. नियमित शारीरिक व्यायाम गर्ने

१२. तौल घटाउने

१३. चुरोट र मदिरा छाड्ने

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला