बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • हिजाे मागेर खानेहरु हाछ्यु गर्दा सिंगापुर जाने हैसियतका भएः बाबुराम भट्टराई

हिजाे मागेर खानेहरु हाछ्यु गर्दा सिंगापुर जाने हैसियतका भएः बाबुराम भट्टराई

  • आइतवार, चैत्र २४, २०७५
हिजाे मागेर खानेहरु हाछ्यु गर्दा सिंगापुर जाने हैसियतका भएः बाबुराम भट्टराई

पुराना शक्तिहरुबाट परिवर्तन सम्भव छैन र दुईतिहाई मत प्राप्त सरकारले आगामी दिनमा पनि ठोस परिणाम दिन सक्दैन भन्ने विश्वास जनतालाई परिसकेको भन्दै उनले समृद्धीका लागि नयां विचार र लक्ष्य बोकेको शक्तिको आवश्यकता रहेको बताए ।

‘आफ्नो मूल्यांकन आफैले गर्दा पनि सरकार असफल भएको स्वीकार गरेको छ, एकवर्षका आर्थिक सूचकांकहरु कुनैपनि सकारात्मक भएनन्, उनले भने ‘आफैले घोषणा गरेको बजेटका लक्ष्य प्राप्त हुन सक्दैनन् भनेर सरकारले राजश्वको लक्ष्य र विकासको खर्चपनि घटाएको छ ।’

भट्टराईले हिजोको अवस्थामा जनतासँग मागेर खाने, लत्ताकपडा लगाउने नेताहरु दश पन्ध्र वर्षको अवधिमा चिल्लो कारमा हिँड्ने, ठूला महलमा बस्ने र सामान्य हाछ्यू आएपनि सिंगापुर, अमेरिका लगायतका देशमा उपचार गर्न जाने हैसियतमा पुगेको बताए ।

संयोजक डा. भट्टराईले नेकपा, नेपाली कांग्रेस र राप्रपा बाहेकका अरु राजनीतिक शक्तिहरुसंगका विचमा ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।

राजनीतिक शक्तिका रुपमा गैर नेपाली कांग्रेस, गैर नेकपा र गैर राप्रपा बाहेकका अरु सम्पूर्ण शक्तिसंग वार्ता, तालमेल र सहकार्य गर्दै ध्रुवीकरण गर्दै जाने बताए ।

नेता भट्टराईले विभिन्न क्षेत्रका जाति समुदायका समस्या, नागरिकताको समस्या, भ्रष्टाचार जस्ता तत्कालिन मुद्धाहरुमा साना राजनीतिक शक्तिहरुको विचमा सहकार्य हुने र विचार मिल्ने शक्तिहरुसंग ध्रुवीकरण गर्दै जाने बताए ।

‘हाम्रो वैज्ञानिक नयाँ विचार छ र यसलाई भौतिक शक्तिका रुपमा रुपान्तरण गर्ने ढंगले नयां राजनीतिक शक्ति खडा गर्नुपर्छ भन्ने अभियानका साथ हामी अगाडी बढेका छौं’, उनले भने ।

सरकारले एकवर्षको कार्यकाल पुरा गर्दा पूर्ण रुपमा असफल भएको भन्दै उनले यो अवधिमा जनतामा सरकारप्रति निराशा पैदा भएको बताए ।

‘आफ्नो मूल्यांकन आफैले गर्दा पनि सरकार असफल भएको स्वीकार गरेको छ, एकवर्षका आर्थिक सूचकांकहरु कुनैपनि सकारात्मक भएनन्, उनले भने ‘आफैले घोषणा गरेको बजेटका लक्ष्य प्राप्त हुन सक्दैनन् भनेर सरकारले राजश्वको लक्ष्य र विकासको खर्चपनि घटाएको छ ।’

चर्चामा

सम्बन्धित समाचार