मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • तस्करसँग सेटिङ गर्ने विमानस्थलका एसएसपी भण्डारीको जागिर धरापमा, आईजीपी फायर

तस्करसँग सेटिङ गर्ने विमानस्थलका एसएसपी भण्डारीको जागिर धरापमा, आईजीपी फायर

  • शनिबार, चैत्र २३, २०७५
तस्करसँग सेटिङ गर्ने विमानस्थलका एसएसपी भण्डारीको जागिर धरापमा, आईजीपी फायर

काठमाडौं, २३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले आफै फस्ने भएपछि मध्यराति व्यापारी सुवाश श्रेष्ठलाई पक्राउ गरेका छन् ।शुक्रबार दिउँसो ठूलो परिणाममा अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यापारी श्रेष्ठलाई एसएसपी भण्डारीले छाडिदिएका थिए ।पाँच जनाको परिवारसहित शुक्रवार दिउँसो थाई एअरको फ्लाइट नम्वर टीजी ३२० द्वारा बैंकक जान लागेका बेला व्यापारी श्रेष्ठलाई सादा पोशाकका प्रहरीहरूले ठूलो परिणाममा अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिएका थिए ।

पक्राउ गरेको केही समयमा उल्टै पक्राउ गर्नेलाई हकारेर एसएसपी भण्डारीले व्यापारी श्रेष्ठलाई छाडेका थिए । तर, श्रेष्ठलाई छाडेको र विदेशी मुद्राको विवरण तथा तस्वीर नै केही यात्रुहरूले सार्वजनिक गरेपछि आफै फस्ने डरले एसएसपी भण्डारीले शुक्रबार मध्य राति कागजमा हस्ताक्षर गर्न आउन बोलाएर व्यापारी श्रेष्ठलाई पक्राउ गरेका हुन् ।एसएसपी भण्डारीले शनिबार बिहान ७ बजे प्रेस रिलिज पठाएर सुवास श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको जानकारी गराएका छन्।शुक्रबार एसएसपी भण्डारी र व्यापारी श्रेष्ठको सेटिङ फेल खाएको छ ।

अब एसएसपी भण्डारीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयमाथि दबाब परेको छ ।फ्रान्समा रहेका आईजीपी सर्बेन्द्र खनालले विमानस्थलको शुक्रबारको काण्डको रिपोर्टिङ सुनेपछि आक्रोशित भएको उच्च स्रोतले जनाएको छ । आइजीपी खनाल रिसाएको थाहा पाएपछि एसएसपी भण्डारीले श्रेष्ठलाई झुक्काएर बोलाइ पक्राउ गरेका हुन् ।किनकी व्यापारी श्रेष्ठ अबैध विदेशी मुद्रा तस्करीका बादशाह हुन् । श्रेष्ठकै सेटिङमा एसएसपी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख बनेको त्यति बेलै आरोप थियो ।विमानस्थलको अति संवेदनशील क्षेत्र स्टराइल कक्षमा रहेको आफ्नै कफी शपबाट व्यापारी श्रेष्ठले तस्करी गर्दै आएका छन् ।

श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको समेत स्रोतको दावी छ ।राजपा नेपालका संयोजक शरतसिंह भण्डारीले पर्य टनमन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र व्यापारी श्रेष्ठको साझेदारीमा रहने गरी त्रिभुवन विमानस्थलको स्टराइल कक्षमा टि कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए ।श्रेष्ठले भने सोही पसलालाई माध्यम बनाइ डलर र विदेशी मुद्रा तस्करी गर्दै आइरहेका छन् ।

श्रेष्ठले विदेश जाने बहानामा विदेशी मुद्रा तस्करी गर्दै आइरहेको हुँदा उनको ‘ट्राभल हिस्ट्री’को बारेमा प्रहरीले अनुसन्धान गर्ने हो भने विदेशी मुद्रा तस्करी गरेको पुष्टि हुने एक व्यापारी बताउँछन् ।विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइनेछ ।’शुक्रवार अपरान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टीजी ३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्यसहित बैंकक जाँदै थिए ।

ठूलो परिणाममा अवैध डलर बोकेको सुराकी पाएपछि विमानस्थलमा कार्यरत सिभिल प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।श्रेष्ठकी श्रीमती उमादेवी श्रेष्ठ, दुई छोरीहरू र एक छोरालाई भने छाडिएको प्रहरीले जनाएको छ । श्रेष्ठको साथबाट थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार