शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बारा –पर्साका हावाहुरी पीडितलाई वडा अध्यक्ष रावलको सहयोग

बारा –पर्साका हावाहुरी पीडितलाई वडा अध्यक्ष रावलको सहयोग

  • शुक्रबार, चैत्र २२, २०७५
बारा –पर्साका हावाहुरी पीडितलाई  वडा अध्यक्ष रावलको सहयोग

बडीमालिका खवर
बाजुरा २२ चैत्र
हावा हुरीबतासबाट प्रभावित बनेका बारा र पर्सा जिल्लाका पिडितहरुलाई बाजुराको बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले आर्थिक सहयोग गरेका छन् ।
केही दिन अघि हावा हुरीबाट प्रभावित बनेका बारा र पर्सा जिल्लाका पिडित परिवारहरुका लागि वडा अध्यक्ष रावलले ५ हजार नगद सहयोग गरेका हुन ।
वडा अध्यक्ष रावलले पिडितहरुका लागि सानो भएपनि बाजुराबाट आई एम ई गरेर धनगढीका सामाजिक अभियन्ता गजेन्द्र विक्रम शाही मार्फत बारा र पर्साका हावाहुरी पिडितलाई सहयोग गरेको बताएका छन् ।
बारा पर्साका हावाहुरी पीडितको लागि सुदूरपश्चिमबासीका तर्फबाट गजेन्द्र विक्रम शाहीले आर्थिक सहयोग संकलन अभियान संचालन गरिरहेका छन् । उनले बिभिन्न ठाउँमा राहत संकलन गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार