बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • सरकारी जागिर बाध्यता ! के १७ हजार तलवले प्रहरी कर्मचारी बाँच्न सक्छन् ? अन्य कर्मचारीभन्दा प्रहरी धेरै पिडित

सरकारी जागिर बाध्यता ! के १७ हजार तलवले प्रहरी कर्मचारी बाँच्न सक्छन् ? अन्य कर्मचारीभन्दा प्रहरी धेरै पिडित

  • शुक्रबार, चैत्र २२, २०७५
सरकारी जागिर बाध्यता ! के १७ हजार तलवले प्रहरी कर्मचारी बाँच्न सक्छन् ? अन्य कर्मचारीभन्दा प्रहरी धेरै पिडित

निजामति कर्मचारी भन्दा प्रहरीलाई पिडा बढी
यो पिडामा तल्लो तहको निजामति कर्मचारी र प्रहरी जवान बढी रहेका छन् । अझ भन्नुपर्दा निजामति कर्मचारी भन्दा पनि बढी प्रहरी जवान पिडामा छन् । किनभने उनीहरु दिन–रात, भोक–प्यास, चाड–पर्व, परिवार–आफन्त नभनी २४ सै घण्टा देशको सेवामा तत्पर हुन्छन् । तर उता निजामति कर्मचारीले त आफ्नो अफिसको समयवाहेक अन्य कामहरु र भत्ताहरु लिएर पनि चित्त बुझाइरहेका हुन्छन् । तर प्रहरीको वर्षमा एकचोटि शान्ति मिसन पर्छ । तर, यस वर्षदेखि त्यो कोटा पनि कटौति हुँदैछ ।

अझ, प्रहरी जवान भन्दा पनि ट्राफिक प्रहरी बढी पिडामा
काठमाडौ उपत्यकामा ट्राफिक प्रहरीको दुख र पिडा तपाई हामीले प्रत्यक्ष देखेका छौ ।दैनिक ८ घण्टा धुवाँ, धुलो, जामको सास्ती खेपेर मासिक १७ हजार तलब थाप्नु के को मजा ?उनीहरुलाई पैदलयात्रीको भन्दा बढी पिडा हुन्छ । त्यसैले काठमाडौमा ड्उटी गर्ने धेरै ट्राफिक प्रहरीहरुले श्वासप्रश्वास, मुटु रोग, छाला सम्बन्धि रोग, प्यारा लाइसिस र डिप्रेसनको शिकार भएर अकालमै ज्यान गुमाउने गरेको चिकित्सकहरु बताउँछन् । त्यसैले उपत्यकामा ट्राफिक प्रहरीलाई मूख्यालयले ३ वर्ष नपुगी सरुवा गर्ने नियम बनाएको छ । तर नेपाल प्रहरीलाई राज्यको मेरु दण्ड मानिन्छ । यदि प्रहरी प्रशासन र कर्मचारी प्रशासनको मनोबल उच्च भए मात्र देशमा सुव्यवस्था, अमनचयन, शान्ति स्थापना हुन सक्छ । त्यसबाट राज्यका सबै नागरिक सुरक्षित र सन्तुष्ट हुन सक्दछन् । त्यसैले अन्य कर्मचारी भन्दा प्रहरीलाई तलब ,भत्ता बढाउनु पर्ने देखिन्छ । तर अन्य तल्लो तहको निजामतिको हालत पनि त्यस्तै छ ।

यसवर्ष कतिले छोडे जागिर ?
यस वर्ष मात्रै नेपाल प्रहरीका ४,६०० भन्दा बढी कर्मचारीहरुले जागिर छोडेको तथ्यांक छ । कोही जागिर छोडर वैदेशिक रोजगारीमा छिरेका ,कोही कृषिमै र कतिपय सानो लगानीमा व्यवसाय गर्न सुरु गरेका छन् ।
उता निजामति कर्मचारीलाई पनि झन गाह्रो छ । बल्लबल्ल लोकसेवामा ५० जनाको कोटा खुल्छ । त्यसमा १० हजार आवेदन दिन्छन् । अनि देशमा पेट पाल्नको लागी चोरी ,लुटपाट र भ्रष्टाचार नबढे के बढ्छ ?

कति छ प्रहरीको मासिक तलव ?
नेपाल प्रहरीमा महानिरीक्षकको तलव रु. ५१,४२०, अतिरिक्त महानिरीक्षकको रु. ५१,४२०, नायव महानिरीक्षकको रु. ४३,२२०, वरिष्ठ उपरीक्षकको रु. ४०,१५०, उपरीक्षकको रु. ३६,८३०, नायव उपरीक्षकको रु. ३४,२२०, निरीक्षकको रु. ३०,५००, नायव निरीक्षकको रु. २३,५००, सहायक निरीक्षकको रु. २२,१४०, हवल्दारको रु. १८,३४०, जवानको रु. १७,२३०, रिक्रुटको रु. १६,२३० र फलोवर्सको रु. १६,२३० रहेको छ ।

कति छ निजामतिको मासिक तलब ?
निजामती प्रशासनतर्फ मुख्य सचिवको रु. ५५,२००, सचिवको रु. ५१,४२०, सह सचिवको रु. ४०,१५०, उप सचिवको रु. ३४,२२०, शाखा अधिकृतको रु. ३०,५००, नायव सुब्बाको रु. २३,५००, खरिदारको रु. २२,१७०, र पियनको रु. १८,००० तलव स्केल रहेको छ ।

मिडीया नेपालबाट

चर्चामा

सम्बन्धित समाचार