शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाली स्याटेलाइट अन्तरिक्षमा पठाइँदै, समुन्द्रमा आफ्नै केबुल बिछ्याउने यस्तो तयारी, विश्वभरबाट नेपालीको स्वागत

नेपाली स्याटेलाइट अन्तरिक्षमा पठाइँदै, समुन्द्रमा आफ्नै केबुल बिछ्याउने यस्तो तयारी, विश्वभरबाट नेपालीको स्वागत

  • शुक्रबार, चैत्र २२, २०७५
नेपाली स्याटेलाइट अन्तरिक्षमा पठाइँदै, समुन्द्रमा आफ्नै केबुल बिछ्याउने यस्तो तयारी, विश्वभरबाट नेपालीको स्वागत

काठमाडौँ – अन्तरिक्ष र समुन्द्र दुवै ठाउँमा नेपालको पहुँच छैन । अन्तरिक्षमा नेपाललाई छुट्याइएको ‘स्लट’मा अहिलेसम्म स्याटेलाइट पुर्याउन सकिएको छैन । भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभएपनि पछिल्लो समय त्यसका लागि प्रयास भने जारी छ । त्यतिमात्र होइन त्यो प्रयासले एउटा नतिजासमेत पाउन थालेको छ । अन्तरिक्षमा नेपालको प्रवेशको ढोका नयाँ वर्षको पहिलो हप्ता नै खुल्दैछ । आकारमा सानो भए पनि नेपाली झन्डासहितको नानो स्याटेलाइट वैशाख ४ गते अन्तरिक्षमा पठाइँदैछ ।

अन्तरिक्ष मात्र होइन समुन्द्रमा आफ्नै केबल बिच्छ्याएर देशका लागि आवश्यक इन्टरनेट ल्याउनसमेत प्रयास सुरु भएको खबर आजकाे गाेरखापत्रमा छ ।

चर्चामा

सम्बन्धित समाचार