शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • मन्त्रिपरिषदको निर्णयः हुरी प्रभावितलाई वर्षा अगावै घर, बनाउने जिम्मा सेनालाई

मन्त्रिपरिषदको निर्णयः हुरी प्रभावितलाई वर्षा अगावै घर, बनाउने जिम्मा सेनालाई

  • शुक्रबार, चैत्र २२, २०७५
मन्त्रिपरिषदको निर्णयः हुरी प्रभावितलाई वर्षा अगावै घर, बनाउने जिम्मा सेनालाई

काठमाडौं । संघीय सरकारले बारा पर्साका हुरी प्रभावितहरुका लागि घर बनाएर वर्षा अगावै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश सरकारसँग समन्वय गरेर घर बनाउने निर्णय गरेको हो  प्रदेश २ सरकारले हुरी प्रभावितहरुलाई वर्षा अगावै प्रि-फ्याब घर बनाइदिने निर्णय गरेको थियो ।

अब केन्द्र सरकार र प्रदेश मिलेर घर बनाउनेछ । बिहीबार मुख्यमन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलमा यसबारे कुराकानी भएको एक अधिकारीले बताए ।

मन्त्रिपरिषदको बैठकले घर निर्माणका लागि प्रदेश २ का मुख्यसचिव दिपक सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ । समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी सदस्य रहनेछन् ।

घर बनाउने जिम्मा नेपाली सेनालाई दिइनेछ । नियमित प्रक्रियाबाट जाँदा वर्षा अगावै घर बनाउन सम्भव नहुने भएकाले सेनालाई दिएको सरकारको दाबी छ ।

यो घर जनता आवास मोडलको हुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जारी दिए ।

प्रदेशको घोषणाप्रति असन्तुष्टि

स्रोतका अनुसार प्रदेश सरकारको घोषणाप्रति संघीय सरकारका मन्त्रीहरु असन्तुष्ट देखिएका छन् । चार कोठे घर र शौचालय बनाउने प्रदेश सरकारको निर्णय थियो ।

तर, बिहीबारको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले भूकम्प पीडितहरुको घर निर्माण एउटा मोडलमा गउपनि बाढी, जुरे लगायतका पीडित पनि रहेको बताएका छन् ।

‘पैसा जसको गएपनि सरकारकै जाने हो । लोकप्रिय हुन घोषणा गरेर हुँदैन’ एक मन्त्रीले भनेका छन् । सबै पीडितलाई समान हुने गरी मात्र घर बनाउने पर्ने उनीहरुको जोड थियो ।

चर्चामा

सम्बन्धित समाचार