बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • चितवनमा प्राध्यापकलाई कालोमोसो, ३० दिनको कोर्ष चार दिनमा सकेको आरोप

चितवनमा प्राध्यापकलाई कालोमोसो, ३० दिनको कोर्ष चार दिनमा सकेको आरोप

  • बिहिबार, चैत्र २१, २०७५
चितवनमा प्राध्यापकलाई कालोमोसो, ३० दिनको कोर्ष चार दिनमा सकेको आरोप

चितवन, चैत २१ रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझामाथि विद्यार्थीले कालोमोसो र जुत्ताको माला लगाएका छन् ।

३० दिनमा सकाउनुपर्ने कोष चार दिन २\२ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौं सत्रान्तको तीन वटा सेक्सनका १६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टारेर कोर्ष सकाउने काम गरेको भन्दै विद्यार्थीहरुले ओझामाथि कालोमोसो दल्नु परेकोे बताए ।

विगत कयौं वर्षदेखि ओझाले विद्यार्थीको भविष्यमाथि खेलवाड गरी यसरी नै कक्षा चलाउँदै आएको र विरोध गर्ने कोही निस्के उसको प्राकिटकल नम्बरनै कम दिएर दुःख दिने गरेको विद्यार्थीको आरोप छ । यस पटक पनि उनको शिक्षण सिकाइ क्रियाकलापको विरोध गरेका चौथो समेस्टरका चार जना विद्यार्थीको नम्बर निकै कम दिएपछि विद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको पवृत्तिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि विद्यार्थी आफैले कारबाही गर्नु परेको विश्वविद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताए ।

एउटा प्राध्यापकको भन्दा पनि विश्वविद्यालयका समग्र प्राध्यापकको प्रवृत्तिका विरुद्ध आफूहरु रहेको नेता रेग्मीको भनाइ छ । यो विषयमा बुझ्न प्राध्यापक ओझालाई फोन गर्दा उनको फोन अफ गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार