शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • काठमाडौमै दलित भन्दै सुत्केरी महिलालाई कुट्ने रिता मगर विरुद्ध छुवाछूतको मुद्दा दर्ता

काठमाडौमै दलित भन्दै सुत्केरी महिलालाई कुट्ने रिता मगर विरुद्ध छुवाछूतको मुद्दा दर्ता

  • बिहिबार, चैत्र २१, २०७५
काठमाडौमै दलित भन्दै सुत्केरी महिलालाई कुट्ने रिता मगर विरुद्ध छुवाछूतको मुद्दा दर्ता

काठमाडौ तारकेस्वर न.पा. वडा न ५ गोलढुङ्गामा अस्थायी बसोबास गर्दै आएकी ९ महिने सुत्केरी महिला कल्पना सुनारलाई सोही कोठा भाडामा बस्ने अन्दाजी ३१ वार्षिया रिता आले मगरले बिगत केही समय देखि कल्पना सुनारलाइ जातीय गालिगलोज र अपमान गर्दै आएकी थिएन ।

सामान्य कुरामा पनि दलित , सानोजात भन्दै विभेद गर्दै आएको पीडित कल्पना सुनारको भनाइ छ। सामन्य भन्दै सहदै आएकी थिइन तर २०७५/१२/१६ मा रिता मगरले कल्पना सुनारलाई थुकिन किन मलाई थुकेको भन्दा त सानो जात , कमिनिलाइ थुक्न पनि सोध्नु पर्ने ?कि कसैको आदेश चाहिन्छ ?त कमिनी फोहरी साना जाती भए पछि चुप लागि बस् भन्दै धम्काएकी थिइन । भोलिपल्ट उनको रिस अझै मरेको थिएन पिडक रिता आले मगरले बिहान ६ बजेको समय पारी कल्पना सुनारले पानी ल्याउदै गर्दा एक्कासि त कमिनी मेरो बहिनीलाई गाली गर्नी भन्दै लछार्न थालिन ।

एक हातले कपाल तान्नी , एकहातले कानमा झापड हान्दै कोठा तिर तालिन ,आज त कमिनिलाइ मार्छु भन्दै लछारपछार गरि दुबै हातले चिथोरेर छातीमा दुइवटा घाउ समेत प्रस्ट देख्न सकिन्छ पीडित भन्छिन , मेरो पेट र सबेदनशिल अंगमा समेत लाती मुक्काले प्रहार गरेको हुदा निकै चोट परेको छ। उक्त घटना महानगरीय प्रहरी परिसर बालाजुमा पुगेको थियोे । २०७५/१२/१७ मा प्रहरी परिसरमा समेत पिडकका केही रवाफ र छलफल मै अलमलिएको थियोे ।

२०७५/१२/१८ मा सन्चारकर्मी सरु सुनार लगायत केही युवाहरुको साथमा जातीय छुवाछूत कसुर र सजाय ऎन २०६८ अनुसार मुद्दा दर्ता भएको छ। पिडक पक्षका केही जमातहरु निकै आक्रोशित र मुद्दा दर्ता गर्न हुदैन भनि दबाब र आक्रोशित भएको सन्चारकर्मी सरु सुनार बताउछिन ।

” जब मैले छुवाछूतको मुद्दा मेलमिलाप गर्न र माफी दिन नसक्ने भन्दै जाहेरीको प्रोसेस म गर्दा बाहिरको केही अपरिचित जमातले मलाई नै धम्काएको र प्रशासनबाट बाहिर निस्की कुरा गर्नु छ , को हो तिमी मुद्दा दर्ता गर्ने ?

भन्दै घेरे पछि आफ्नो सुरक्षाको लागि प्रहरी महानिरिक्षक सबेन्द्र खनाललाई फोन गरे ” हामी जस्तो स्वतन्त्र अधिकारकर्मी त जातीय बिभेदको मुद्दा उठाउदा प्रशासन मै असुरक्षित महसुस गर्नु पर्छ भने दलित समुदाय कहाँ नीर सुरक्षीत छ सरु सुनार थप्छिन । अब छुवाछूत सम्बन्धि मुद्दा दर्ता भएको छ , आफ्नो ज्यानै जोखिममा राखेर भए नि मुद्दा दर्ता हुँदा केही राहतको महशुस भएको छ ।

चर्चामा

सम्बन्धित समाचार