बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • राहतको नाममा गायिका अञ्जु पन्त बाइबल लिएर बारा–पर्सा गएको भन्दै सामाजिक सञ्जालमा यसरी भयो तीव्र आलोचना

राहतको नाममा गायिका अञ्जु पन्त बाइबल लिएर बारा–पर्सा गएको भन्दै सामाजिक सञ्जालमा यसरी भयो तीव्र आलोचना

  • बुधबार, चैत्र २०, २०७५
राहतको नाममा गायिका अञ्जु पन्त बाइबल लिएर बारा–पर्सा गएको भन्दै सामाजिक सञ्जालमा यसरी भयो तीव्र आलोचना

काठमाडौं, २० चैत – गायिका अञ्जु पन्त जति लोकप्रिय छिन् त्यति नै विवादास्पद पनि छिन् । हजारौं नेपाली गीतमा स्वर दिएकी अञ्जु क्रिस्चियन धर्म अंगालेदेखि नै विवादमा आएकी हुन् ।

अञ्जुले आफ्नो नाममा फाउन्डेसन खोलेकी छन् । सो फाउन्डेसनले दुर्गम क्षेत्रका विपन्नलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ । भूकम्प पीडित, बाढीपीडित, आर्थिक रूपले विपन्न दुर्गम गाउँबस्तीमा लत्ताकपडा, पैसा, खाद्यान्न, शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी अञ्जुले सँगसँगै क्रिस्चियन धर्म प्रचार गर्ने गरेको र बाइबल बाँड्ने गरेको देखिएको छ  यही क्रममा मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा एउटा गाडीमा राहत सामग्री र त्यसमा बाइबलका किताब भएको र अञ्जु सँगै उभिएको तस्बिर भाइरल बनेको छ । सो तस्बिर तराई मधेसका कुनै ठाउँको हुनुपर्छ ।

यो तस्बिरमा कमेन्ट गर्नेहरूले अञ्जु बारा र पर्साका हावाहुरी पीडितलाई राहत सामग्रीसँगै बाइबल लिएर गएको उल्लेख गरेका छन् । राहतको नाममा क्रिस्चियन धर्म प्रचार गर्न लागेको भन्दै उनको कडा आलोचना गरिएको छ । कतिले गायिका अञ्जुको असरी चेहरा छर्लंग भएको, उनको गीतलाई बहिष्कार गर्नुपर्ने, कानुनअनुसार कारबाही गर्नुपर्नेलगायतका कमेन्ट गरेका छन् ।

यस विषयमा मिडियाएनपीले गायिका अञ्जु पन्तसँग तस्बिरको वास्तविकताबारे कुराकानी गर्न सम्पर्क गरेको थियो । तर, उनको फोन लागेन । सो तस्बिर बारा र पर्साका हावाहुरीलाई राहत वितरण गर्न जाँदा खिचिएको हो होइन भन्ने पुष्टि हुन बाँकी छ ।

यसअघि देशका विभिन्न ठाउँमा राहत सामग्री र सहयोगका नाममा अञ्जु पन्तले क्रिस्चियन धर्म प्रचार गरेको, बाइबल वितरण गरेको, पैसा बाँडेको दृश्य देख्दै आएकाले उनको समाज सेवा विवादमा परेको हो ।

चर्चामा

सम्बन्धित समाचार