शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • औषधिसहित बारा पुगे डा.गोविन्द केसी, शिविर चलाउँदै

औषधिसहित बारा पुगे डा.गोविन्द केसी, शिविर चलाउँदै

  • मङ्लबार, चैत्र १९, २०७५
औषधिसहित बारा पुगे डा.गोविन्द केसी, शिविर चलाउँदै

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन् । हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् ।पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन् । केसी सोमबार रात्रिबस चढेर एक्लै बारा हिँडेका थिए । उनले विभिन्न प्रकारको औषधि बोकेका छन् । फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो ।

डा.केसीले सो क्षेत्रमा मंगलबार दिनभरि शिविर चलाउने भएका छन् । उनले हाडजोर्नी सम्बन्धी औषधी बढी बोकेका छन् । यस्तै, सिटामोल, पारासिटामोललगायत विभिन्न प्रकारका औषधि वितरण गर्नेछन् । आफ्नो व्यक्तिगत खर्चमा उनी हावाहुरी पीडितको उपचार गर्न गाउँमै पुगेका हुन् । सोमबार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा २८ जनाको मृत्यु भएको थियो ।
घटनामा तीन सय बढी घाइते छन् । घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा तथा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गोबिन्द केसि जस्तै धुर्मुस सुन्तली र रबि लामिछाने पनि उस्तै सकृय छन

चर्चामा

सम्बन्धित समाचार