शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • आज अपरान्हपछि मेघ गर्जनसहित हावाहुरी आउने

आज अपरान्हपछि मेघ गर्जनसहित हावाहुरी आउने

  • मङ्लबार, चैत्र १९, २०७५
आज अपरान्हपछि मेघ गर्जनसहित हावाहुरी आउने

काठमाडौं, १९ चैत : मंगलबार देशभर मौसम बदली भएर मेघ गर्जन सहित हावाहुरी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना रहेको महाशाखाको जनाएको हो । महाशाखाले भनेको छ, ‘अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।’

दिउँसो र साँझमा देशका पूर्वी क्षेत्रका अधिकांस भूभाग तथा मध्य र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी र वर्षाको सम्भावना रहेको हो ।
पुर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहने महाशाखाको भनाई छ ।

राति भने देशको पुर्वी भू–भाग लगायात मध्य पहाडी भु–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अपडेट जस्ताको तस्तै :

चैत्र १९ गते (मंगलबार) :

दिउँसोः देशको पुर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । अपरान्ह पश्चात  देशको पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

राति: देशको पुर्वी भू-भाग लगायात मध्य पहाडी भु-भागमा आंशिक बदली रहनेछ बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।  देशको पुर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार