शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाटोमै बच्चा जन्माउछन् भोटे जनजाति महिला

बाटोमै बच्चा जन्माउछन् भोटे जनजाति महिला

  • सोमवार, चैत्र १८, २०७५
बाटोमै बच्चा जन्माउछन् भोटे जनजाति महिला

प्रकाश सिंह
चैत, १८ बाजुरा
बाजुराको हिमाली गाँउपालिका ३ युनाकी १९ बर्षिय पार्वती गुरुङ्गले पौष महिनामा बसाई सर्ने बेला बाटोमै छोरा जन्माईन् । जाडो छल्न औल झर्ने बेला अछामको लेककोटमा जंगलमा बच्चा जन्माएको बताईन् ।
पार्वतीले भनिन्, अछामको देबिस्थानमा जादै थियौ, लेककोटमा बाटोमै छोरा जन्माए । श्रीमानको साहारामा छोरा जन्माए, अरु कोही थिएन्, सुत्केरी भएपछि चिसो पाल बसेको वताँउछन् । उनि जस्तै हुम्लाको ताजाकोट गाँउपालि २ कि सिता थापा भोटेले पनि मंसिर महिनामा अछाम जाने बेला बाजुराको बाह्रबिसमा छोरी जन्माएको बताईन् । बाटोमै बच्चा पाए, अत्याधिक रक्तस्राब भयो, स्थानिय मेडिकलमा उपचार गरेको सिताले वताईन् ।
बुढिन्नदा नगरपालिका १० अगाउपानि बस्ने २७ बर्षिय अबकति थापा (भोटे) बच्चा पाउने समय भईसकेको छ । उनि गर्भवती भएको नौ महिना भन्दा बढि समय भईसकेको छ । उनि र उनको परिवार गाँउ छोडेर जाडो छल्न अछामको बुढाकोट तिर गएका थिए । अहिले उनि बाजुरा फर्केदै छन्, बाटोमै बच्चा हुने उनलाई चिन्ताले पिरोलेको छ ।
अबकति थापा घर फर्कने शुरसारमा छन् । बच्चा पाउने समय ढिला भईसकेकाले उनि बाटोमै बच्चा जन्मने भन्ने चिन्तामा छन् । अर्कोतिर अहिले सम्म गर्भवती जाँच समेत गराएकि छैनन् र कुनै खोप समेत नलगाएको बताएकि छन् । उनलाई गर्भजाँच गराउनु पर्छ, भन्ने खासै कुने जानकारी समेत रहेको छैन् । उनले २ वटा बच्चा पनि पहिला बेशितिर झर्दा बाटोमै जन्माएको बताईन् ।
त्यस्तै हुम्लाको सरकीदेउ गाँउकि २३ बर्षिय रमिता बुढाथोकि पनि गर्भवती भएको ८ महिना भएको छ । ‘हिउँदका समयमा बेशितिर झरेकाले उनले पनि सुत्केरि जाच, खोप र आइरन चक्कि कुनै नखाएको बताईन् । अछामको घुगुरकोट बसेका उनका परिवार अस्थाई पालमा बसेका थिए । पालमा बस्ता बिरामी भएको रमिताले बताईन् । बाटोमा आउदा जादा पनि समस्या हुने गरेको उनले थपिन् । कडा परिश्रम गर्नुपर्ने बाध्यता त एकातिर छदै छ अर्कोतिर आराम समेत बस्न नपाएको बताईन् । आफुले भारी बोक्ने देखि लिएर सबै काम गर्नुपर्ने बाध्यता रहेको बताईन् ।
गएको मंसिरमा हिमाली गाँउपालिका अगाउपानि बस्ने तनि थापाले अछाम जाने बेला बाजुराको बुढिगंगा गाबिसको रापकमा बिच बाटोमै बच्चा जन्माईन् । हिडदा हिडदै बाटोमा बच्चा दुखको साथ बच्चा जन्माईन् । बाटोमै जन्माएकी छोरी केही दिनमै गुमाउनु परयो । बाटोमा चिसो र बच्चाको स्याहार नहुदा घर फर्कदा सम्म मृत्यु भएको तनिले बताईन् । बाटो न त राम्ररो सँग खान पाए, नत आरामनै आफु पनि कमजोर भएको र अर्को तिर बच्चालाई समेत जोगाउन नपाएको उनले दुखेको पोखिन् । बच्चा पाएको दिनमा मात्र थप ५ घण्टा बच्चा लिएर हिडेको तनिले थपिन् । उनले २ बच्चा बसाई सरेको बेला अछाममा बच्चा जन्माएको बताईन् । आफु अहिले सम्म बिरामी रहेको बताईन् ।
बुडिमालिका नगरपालिका ७ बस्ने ४८ बर्षिय पक्क थापाले पनि ५ जना सन्ताईन जन्माईन । ति मध्ये ४ जना बच्चा बसाई सर्ने बेला बाटोमै जन्माएको बताईन् । आफुले बाटोमै बच्चा जन्मायौ, तर अहिले पनि धेरै जनजाति महिलाले बाटोमा बच्चा जन्माउनु पर्ने बाध्यता रहदै आएको पक्कले भनिन् । आफुहरुलाई बच्चा पाउने समयमा आराम गर्ने, पोषिलो खाने इच्छा त हुन्थ्यो तर गरिबि भएका कारण बाध्यताले यस्तो पिडा भोग्दै आएको उनले बताईन् । गाँउमा खान लाउन पुग्दैन, हिउदको समयमा चिसो पनि हुन्छ, बाध्य भएर बसाई सर्नु परेको जनजाति महिलाहरुले बताएका छन् । आफुले ५ बच्चा पाउदा सम्म कहिल्यै गर्भवती जाँच समेत नगरेको बताईन् । आफुहरुमा गर्भवती जाँच गराउनु पर्छ भन्ने चेतना पनि नभएको पक्क थापाले थपिन्
“चिसो छल्न र गरिबिका कारण भेडा च्याङ्गा र सपरिवार सहित हिउँदका ६ महिना बेशि झर्ने भएकाले अधिकांश महिला बाटोमै बच्चा जन्माउने गरेको भोटे जनजाति महासंघका अध्यक्ष बुद्धि बोगटी (भोटे) ले बताए” । शुदुरपश्चिम र कर्णली प्रदेशका बाजुरा, बझाङ्ग, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमि बसाई सर्ने गरेका छन् । ति जिल्लाका जनजाति महिलाहरु बसाइ सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गरेका छन् । “आफुहरुमा रहर नभएर बाध्यताले यस्ता समस्या भोग्दै आएका पाण्डुसेन बस्ने लछु बोगटिले बताईन् । घरमा खान पनि पुग्दैन भेडा लिएर औल तिर जान्छौ, भेडा मार्फत सामान बोकेर परिवार पाल्छौ अनि बाटोमै बच्चा नजन्माएर कहाँ जन्माउनले लछुले बताईन्” । गर्भवती भएको समयमा स्वास्थ्य चौकि पनि देख्दैनो, अर्कोतिर कुनै खोप समेत नलगाउने गरेको जनजाति महिलाहरु बताउछँन् । बाटोमै जन्माएका बच्चाहरु मर्ने र आफुहरुको स्वास्थ्य समेत कमजोर हुने गरेको महिलाहरु बताउछन् ।
बाजुराका उत्तरी क्षेत्रका चार वटा स्थानिय तहमा भोटे जनजाति बसोवास गर्ने गरेका छन् । यी गाबिसमा रहेका स्वास्थ्य संस्थामा भोटे जनजाति महिलाहरु गर्भवती भएको बेला स्वास्थ्य चौकिमा कम आउने गरेका छन् । एकातिर उनिहरुको मौसमी बसाईसराई, भौगोलिक बिकटता र अर्कोतिर चेतना कमी भएकाले उनिहरु स्वास्थ्य संस्थामा जाँच गर्न कम आउने गरेको जिल्ला पाण्डुसेन स्वास्थ्य चौकीका ईन्चार्ज नृपराज गिरीले वताए ।
गर्भजाचँ, प्रसुति सेवा र अन्य जाँच महिलाहरुले नलिदा उनिहरुको ज्यान जोखिम बन्दै गएको छ । आमाको मात्र ज्यान जोखिम नभई नवजात शिशुको समेत ज्यान जोखिम बन्ने गरेको जनजाति अगुवा नृप थापाले बताए । बर्षेनी भोटे जनजातिका बच्चाको मृत्यु हुने गरेको भएपनि जिल्लाका स्वास्थ्य संस्थामा भने उनिहरुका बच्चा मृत्यु भएको रेकर्ड समेत नपाईने गरेको छ । उनिहरु स्वास्थ्य संस्थामा जाँचका लागि कम आउने भएकाले रेकर्ड नपाइने गरेको र उनिहरुको शिशु मृत्युदर कति हो भन्ने समेत रेकर्ड राख्नमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । जनजाति बस्तिहरु दुर्गम गाँउमा बसोवास गर्ने गरेका छन् ।
जिल्लामा आमा र बच्चाका लागि भनेर काम गरदै आएका थुप्रै सरकारी तथा गैर सरकारी संस्था काम गरदै आएका छन् । तर भोटे जनजाति महिलाको चेतनामा भने कुनै परिवर्तन आउन सकेका छैनन् । आमा र शिशुका लागि भन्दै युनिसेफ, सुहारा लगायतका संघ संस्थाले करोडौ बजेट खर्च गरेको पाईएको छ । अधिकांश कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पनन हुने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार