शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कैलालीका एसपीले भारतमा चोरीमा संग्लनलाई १३ लाख असुल्दै छोडेको आरोप

कैलालीका एसपीले भारतमा चोरीमा संग्लनलाई १३ लाख असुल्दै छोडेको आरोप

  • सोमवार, चैत्र १८, २०७५
कैलालीका एसपीले भारतमा चोरीमा संग्लनलाई १३ लाख असुल्दै छोडेको आरोप

कैलालीका प्रहरी उपरिक्षक एसपी आभुषण तिम्सिना अहिले चर्चामा छन्। उनले कैलाली प्रमुख भएर आएपछि गुण्डाराजको अन्त्य गर्ने भन्दै लोकप्रियता कमाउन खोजे। सुरक्षा रणनीतिको नाममा सर्वसाधारणमाथि ज्यादती गरेको आरोप पनि लाग्दै आएको छ। तर कैलालीका प्रमुख प्रहरी उपरिक्षको नयाँ तथ्य बाहिरिएको छ।

बैतडीमा भारतीय रुपैँया सहित पक्राउ परेका व्यक्तिलाई कैलाली प्रहरीले १३ लाख असुल्दै छोडेको आरोप लागेको छ। बैतडीमा भारतीय रुपैया चोरेर भागेका एक नेपाली केहि दिन अगाडी मात्रै पक्राउ परेका थिए। भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ बर्षीय निरजबहादुर चन्दलाई बैतडीस्थीत घरबाट प्रहरीले पक्राउ गरेको थियो।

तर चन्दलाई कैलाली प्रहरीले ७ दिन अगाडी कैलालीको अत्तरियाबाट नै पक्राउ गरेको थियो। महेन्द्रनगरबाट सुचना प्राप्त भएपछि कैलाली प्रहरीले चन्दलाई अत्तरियाबाट पक्राउ गरेको थियो।
पक्राउ परेका चन्दलाई तीन दिन सम्म हिरासतमा राख्दै नक्कली अभिभावक बनाएर छोडिएको चन्दका आफन्तले बताएका छन्।

आफन्तका अनुसार कैलाली प्रहरीले चन्दका आफन्तलाई भने जानकारी समेत गरेको थिएन्। चन्दलाई छोड्दा जिल्ला प्रहरी कार्यालय कैलालीका लेखापालले चन्दसंग २३ लाख ३८ हजार रुपैया भएको रसिद दिएका थिए तर ९ लाख मात्रै नगद दिएको बुझिएको छ। पछि भारतस्थित नेपाली दुतावासले पत्राचार गरेपछि चन्दलाई बैतडीबाट पक्राउ गरिएको थियो।

बैतडी प्रहरीका अनुसार चन्दबाट अहिले सम्म साढे ६ लाख मात्रै बरामद गरिएको छ भने बाँकी रकम कैलालीमा भएको भनेपछि कैलाली पठाईएको छ। चन्द कैलाली आएपछि अहिले प्रहरी अधिकारीहरु घटना मिलाउनमा सक्रिय भएका छन्।

चन्दका एक जना आफन्तका अनुसार प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरिक्षक लगायतले अहिले उक्त १३ लाख रकम आफुसंग भएको भन्दै आएका छन्। तर कैलाली प्रहरी प्रमुख तिम्सिनाले भने चन्दलाई रोशन सिंहको जिम्मा लगाईएको र बाँकी रकम पनि सिंहसंग नै भएको बताउ। उनले कैलाली प्रहरीले सबै रकम सहित चन्दलाई छोडिएको केहि दिन अगाडी छोडेको दावी गरे। तर चन्दका आफन्तले भने सिंहसंग कुनै चिनजान समेत नरहेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार