बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • संसारकै सबैभन्दा अनौठा महिलाहरु

संसारकै सबैभन्दा अनौठा महिलाहरु

  • सोमवार, चैत्र १८, २०७५
संसारकै सबैभन्दा अनौठा महिलाहरु

मुम्बई – संसारमा मानिसहरुको आ–आफ्नै विशेषता र गुण हुन्छ । त्यसैले मानिसहरु एक अर्कासँग विलकुलै भिन्न हुन्छन् । तर, कुनै मानिसहरु यस्ता हुन्छन् जसको शारीरिक वनावट तथा बानी व्यवहारका कारण आम मानिसहरु भन्दा अनौठा हुन्छन् । यस्तै अनौठो गुण बोकेका केहि महिलाहरु विश्मै चर्चित छन् । ति महिलाहरु को को हुन त ?

युक्रेनकी मोडल भलेरिया लुक्यानोवा बार्बी डलजस्तै देखिन्छिन् । उनको शारीरिक बनावट बार्बी डलको जस्तै छ ।

संसारकै शक्तिशाली महिला हुन्, अनेटा फ्लार्कजिक । उनी जिममा २०० देखि ५०० किलो तौल उठाउन सक्छिन् ।

भारतकी ज्योती आमगेको उचाई मात्र २ फुट छ । उनी आफ्नो उचाईका कारण चर्चित छिन् ।

जर्मनीकी मिशेल क्युकेले संसारकै सबैभन्दा सानो कम्मर भएको कारण गिनीज वल्र्ड रेकर्डमा उनको नाम समावेश गरिएको छ ।

आशा मन्डेला लामो कपालको कारण सधैँ चर्चामा आइरहन्छिन् ।

२० वर्षकी एलिसनी सिल्वा संसारकै अग्ली युवती हुन् । उनको उचाई ६ फुट ९ इन्च छ ।

चर्चामा

सम्बन्धित समाचार