बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • समाज
  • बिशिष्ट ब्यक्तिको स्वागतमा वालवालिका प्रयोग

बिशिष्ट ब्यक्तिको स्वागतमा वालवालिका प्रयोग

  • आइतवार, चैत्र १७, २०७५
बिशिष्ट ब्यक्तिको स्वागतमा वालवालिका प्रयोग

बडिमालिका खवर, बाजुरा, १७ चैत
१४ बर्ष भन्दा कम उमेरमा कसैलाई पनि काम लगाउनु हुदैन भन्ने ब्यबस्था रहेको छ । तर बाजुरा जिल्लामा भने बिशिष्ट ब्यक्तिको सम्मानमा वालवालिका प्रयोग भइरहेका छन् ।
दलित समुदायका वालवालिकालाई बाजागाजामा प्रयोग हुने गरेको दलित अधिकारकर्मी गोरख सार्कीले वताएका छन् । बिशिष्ट ब्यक्ति आएमा स्वागतका लागि पैशा दिएर बाजा बजाउने गर्छन्, त्यसमा बढि जसो वालवालिका प्रयोग हुने गरेको सार्कीले वताए ।
नेपाली सेनाले निर्माण कार्यशुरु गरेको कर्णाली करीडोरको यातायात सञ्चालनको उदघाटन कार्यक्रममा स्वागतमा वालवालिका प्रयोग भएका थिए । स्थानिय तहले उदघाटन कार्यक्रममा सम्मानका लागि वालवालिकालाई प्रयोग गरेको थियो ।
सड्क सञ्चालनको उद्घाटन कार्यक्रममा आएका प्रतिनिधि सभाका सदस्य लाल बहादुर थापा, राष्ट्रिय सभाका सदस्य बद्रि पाण्डे, पुर्व उद्योग मन्त्रि कर्ण बहादुर थापा, शुदुरपश्चिम आन्तरीक मामीला मन्त्रि प्रकाश शाह, प्रदेश सासंद बल्देब रेग्मि,जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार राेकाया, प्रमुख जिल्ला अधिकारी चेतराज वराल लगायत बिशिष्ट ब्यक्तिको सम्मानमा वालवालिका प्रयोग भएका थिए । आफुहरुलाई वालवालिका प्रयोग गर्नुपर्छ या गर्नु हुन्न कुनै जानकारी नभएको बाजा बजाउनु परयो भनेर पैशा दिए आफुहरु बाजा बजाउन आएको स्थानिय जोगी दमाईले वताए ।
बाजुरा जिल्लामा बिशिष्ट ब्यक्तिको आगमन होस वा कुनै पनि कार्यक्रममा वालवालिका प्रयोग हुने गरेका छन् । राज्यले बालश्रम अन्त गर्नुको साटो बिशिष्ट ब्यक्तिको सम्मानमा वालवालिका प्रयोग भइरहेका छन् । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने वालवालिकालाई प्रयोग गर्न त नमिल्ने हो, तर काम भन्दा पनि सम्मानका लागि बाजा बजाउन आएको हुन्, तर यसरी नमिल्ने वताए ।
बाजुरामा मात्र नभई सुदुरपश्चिम प्रदेशमै बालश्रम हुने गरेको पाईएको छ । यहाँका स्थानिय बजारमा समेत बालश्रम बढदो पाईएको छ । शुदरपश्चिम प्रदेशका धनगढी, महेन्द्रनगर, अत्तरीया, दिपायल डडेलधुरा लगायतका बजारका होटल र पसलमा वालवालिकालाई कामदारका रुपमा लगाईएको पाईएको छ ।
प्रशासनको पहुँच भएकै ठाँउमा समेत बालश्रम भइरहेको पाईन्छ । कैलालीको धनगढी कञ्चनपुरको महेन्द्रनगर, डोटीको दिपायल बजारमा होटल र पसलमा १४ बर्ष मुनिको वालवालिका कामदारको रुपमा भइरहेको भएपनि कतै बाट अनुगमन नभएको नागरिक समाजका अगुवाले वताएका छन् ।
१४ बर्ष भन्दा कम उमेरमा कसैलाई पनि श्रमिकको रुपमा काम लगाउनु हुदैन भन्ने ब्यबस्था रहेको छ । त्यो भन्दा बालवालिकालाई लगाएपनि कति घण्टा काम गराउने कस्तो खाले काममा लगाउने यदि लगाउनु पर्ने अबस्था भएपनि श्रम कार्यलयको अनुमति लिएर मात्र लगाउनु पर्ने रहेको कानुनी ब्यबस्था रहेको छ । वालश्रम ऐन २०५६ ले वालवालिकालाई श्रमीक काममा लगाएमा नगद जरिवाना र कैदको ब्यबस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार