बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • नागरिक अगुवा डा. दिक्षित सम्मानित

नागरिक अगुवा डा. दिक्षित सम्मानित

  • शनिबार, चैत्र १६, २०७५
नागरिक अगुवा डा. दिक्षित सम्मानित

प्रकाश सिंह
बाजुरा, १६ चैत
नागरिक अगुवा तथा चिकित्सक डा. शुन्दरमणी दिक्षित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले ६४ औ स्थापना दिवसको अबसर पारि सम्मान गरेको पत्रकार महासंघ बाजुराका शाखाका सचिब प्रेम बिकले वताएका छन् ।
डा. शुन्दरमणी दिक्षितले नागरिक क्षेत्रमा सँगै बाजुरा जिल्लामा पनि दुखि असाहय गरिबलाई आर्थिक सहयोग गरेर ठुलो योगदान गरेको भन्दै पत्रकार महासंघ बाजुरा शाखाले सम्मान गरेको वताएको छ । दिक्षितले बाजुरामा उपचार नपाएका अलपत्र असाहयका लागि पटक पटक सहयोग गर्दै आएका छन् । उनको सहयोग बाट धेरैले नयाँ जिवन पाएका छन् ।
दिक्षितले बुढिन्नदा नगरपालिका ४ सिराडीका दिप चदाराको उपचार खर्च उनका टुहुरा नाति नातिनिका लागि २ लाख ९० हजार सहयोग गरेका थिए । त्यस्तै स्वामिकार्तिक गाँउपालिका ५ शिब रोकायालाई उपचारका लागि भन्दै ५० हजार सहयो गरेका थिए । शिब राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक अभाबमा उनको खुट्टाको उपचार हुन सकेको थिएन्, उहाँको सहयोग पछि उपचार भएको शिबले वताए ।
त्यस्तै त्रिबेणी नगरपालिका ५ का क्यान्सर पिडित नविन पाध्यायलाई २५ हजार र नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सचिब प्रेम बिकलाई उपचारका लागि १५ हजार सहयोग गरेका थिए । काठमाडौ बाट बाजुराका बिभिन्न ब्यक्तिलाई सहयोग गरेको भन्दै सम्मान गरेको बाजुरा शाखाले वताएका छन् । प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बाजुरा जिल्लामा कार्यरत हुदै गर्दा बाजुराको विकास निर्माण र शान्ति सुरक्षाको बाजुरा जिल्लाले प्रत्यभूती दिने गरि असल प्रमुखको भूमीका निर्बाह गरेको भन्दै सम्मान गरिएको छ ।
स्थापनाकै अवसरपारि माउन्टेन टेलिभिजनका बाजुरा समचार दाता मदन विकलाई बाजुरा शाखाले बर्ष पत्रकारीता पुरुषकार मार्फत सम्मान गरेको छ । बिकलाई ११ हजार १ सय ११ नगद सहित सम्मान गरेको छ । स्थापना दिवसको अबसरमै बडीमालिका नगरपालिका ९ का कृष्ण चँदारा र बास्मती थापाको परिवारलाई केही राहात पुगोस भन्ने उद्देश्यले चामल र नुन तेल, दाल दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार