बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • लगानी सम्मेलनः लगानीका लागि १७ आवेदन, १५ समझदारीमा हस्ताक्षर

लगानी सम्मेलनः लगानीका लागि १७ आवेदन, १५ समझदारीमा हस्ताक्षर

  • शनिबार, चैत्र १६, २०७५
लगानी सम्मेलनः लगानीका लागि १७ आवेदन, १५ समझदारीमा हस्ताक्षर

१६ चैत, काठमाडौं । लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले विभिन्न परियोजनामा १७ आवेदन दिएका छन् । उनीहरुले लिखित रूपमै परियोजनाहरुमा लगानी गर्ने इच्छा देखाएका छन् ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार १७ वटा लगानीको प्रस्ताव आएको हो । १५ वटा परियोजनाका लागि सम्मेलनमा डिल र एमओयू भएको छ ।

सरकारले तोकेको राजश्व तिररै १७ वटा लगानीको आशय आएको अधिकारीले जानकारी दिए । सरकारले सम्मेलनका लागि ७७ वटा परियोजना ‘सो-केस’मा गरेको थियो ।‘२० अप्रिलसम्म यी परियोजनामा यही प्रक्रियाबाट प्रस्ताव गर्न सकिन्छ,’ अधिकारीले भने,’सम्मेलनमै १७ वटा प्रस्ताव आउनु यो निकै उत्साहजनक कुरा हो ।’लगानी सम्मेलनमा पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनी आउने भएका छन् ।

सम्मेलनको समापन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाललाई आकर्षक लगानी गन्तब्यका रुपमा प्रस्तुत गर्न सफल भएको बताए । नेपालमा आउने लगानीकर्तालाई राम्रो र व्यवसायिक सहजिकरण सरकारले गरिदिने उनले बताए ।विकासका लागि राजनीतिक दलहरुबीच एकता रहेको, लगानीको प्रक्रिया झन्झटरहित र सहजरुपमा अगाडि बढाउन एकद्वार प्रणाली तयार भएको भन्दै उनले विदेशी लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको बताए ।

अनलाइनखबरबाट

चर्चामा

सम्बन्धित समाचार