बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • बाराको अवस्था तनावग्रस्त : डीएसपी शाही सहित पाँच प्रहरी घाइते, पाँचजना पक्राउ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

बाराको अवस्था तनावग्रस्त : डीएसपी शाही सहित पाँच प्रहरी घाइते, पाँचजना पक्राउ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • शनिबार, चैत्र १६, २०७५
बाराको अवस्था तनावग्रस्त : डीएसपी शाही सहित पाँच प्रहरी घाइते, पाँचजना पक्राउ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं– बाराको जीतपुर र कलैयामा भएको छुट्टाछुट्टै झपडपमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाहीसहित पाँच प्रहरी घाइते भएका छन् ।

शनिवार जितपुरमा भएको झडपमा डिएसपी शाही र प्रहरी जवान निरु श्रेष्ठ सहित चार प्रहरी घाइते भएका छन् । कलैयामा भएको झडपमा नेपाल प्रहरी नायव निरीक्षक (सई) अशोक कुर्मी घाईते भएका छन् ।

प्रदेश नम्बर–२ को एसईई परिक्षा स्थगित गरिएको बिरोधमा शनिवार विहानैदेखि तराईमा आन्दोलन शुरु भएको छ । बारामा आक्रोशित विद्यार्थीहरुले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीका एक मोटरसाइकल जलाएका छन् ।

आन्दोलनकारीहरुले डिएसपी शाहीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो । सशस्त्र प्रहरीको गाडी जलाउने र प्रहरीलाई ढुंगा हान्ने कार्यक्रमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरि बहादुर पालले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार