शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरको राधा नदीमा एक महिला मृत फेला

कञ्चनपुरको राधा नदीमा एक महिला मृत फेला

  • शनिबार, चैत्र १६, २०७५
कञ्चनपुरको राधा नदीमा एक महिला मृत फेला

कञ्चनपुरको वेदकोट नगरपालिकामा आज एक महिला मृत अवस्थामा भेटिएकी छन्। वेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरको राधा नदीमा बिहान नौ बजे एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक रमेश प्रसाद अवस्थीले मृत भेटिनेमा चम्फापुककै २० वर्षीया रीना राना रहेको जानकारी दिए। नदीमा नुहाउन हिडेकी राना मृत भेटिएकी हुन्। रानालाई मृगी रोग रहेको समेत खुलेकाले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार