शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कैलालीमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सासंदलाई मनोमानी गर्ने थलो

कैलालीमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सासंदलाई मनोमानी गर्ने थलो

  • शनिबार, चैत्र १६, २०७५
कैलालीमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सासंदलाई मनोमानी गर्ने थलो

कैलाली, १६ चैत

कैलालीमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सासंदलाई मनोमानी गर्ने थलो बन्न थालेको छ। स्थानीय तहले पाएको विकास–निर्माण सम्बन्धी संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै संघीय सरकारले झैं प्रदेशले ल्याएको पूर्वाधार विकास कार्यक्रम सासंदलाई मनोमानी गर्ने थलो बनिरहेको हो। कैलाली निर्वाचन क्षेत्र नम्वर ४ मा प्रदेश सभा सदस्यहरुले योजना छनौटमा यति सम्म मनोमानी गरेका छन् कि विभिन्न निकायले कार्यान्वयन गरिरहेको योजनामा पनि बजेट हालिदिएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्वर ४ को क र ख बाट २ जना प्रदेश सभा सदस्यहरुले ४ करोडका योजना छनौट गरेका छन्। तर योजना छनौटमा आवश्यकता भन्दा पनि पहुँचको भर परिएको छ। कुनै सिङगो बस्तीलाई फाईदा पुग्ने भन्दा पनि केहि पहुँचवाला व्यक्तीलाई हितमा हुने योजना छनौट गरिएको छ। योजना छनौट र तिनीहरुको कार्यान्वयनको  विषयमा सम्वन्धीत स्थानीय तहहरु भने अनभित्र छन्। चुरे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत हेमराज जोश्लिे पनि प्रदेश पूर्वाधार विकास कार्यक्रमको विषयमा कुनै छलफल नै नभएको बताए।

निर्वाचन क्षेत्र विकास र सांसदका नाममा यसअघि छुट्टयाइएका अधिकांश बजेट दुरुपयोग हुँदै आएको भन्दै सांसदलाई सिधै बजेट नदिन चौतर्फी आवाज उठ्दै आएको थियो। तर प्रदेश सरकारले सासंदलाई बजेट दिने कार्यक्रम नै ल्याएको थियो। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रदेश पूर्वाधार विकास कार्यक्रममा पनि २ करोडका १५ योजना छनौट भएका छन्। गोदावरी नगरपालिका १ को राम मन्दिर सम्म सडक कालोपत्रे, कालीखोला तटबन्धन, मोहना नदी तटबन्धन, बनदेवी मन्दिर सम्म बाटो ग्राभेल, बुढीतोला जोडने सडक ट्रायक खोल्ने लगायतका सडक ग्रावेल र कल्भर्ट निर्माणक ायोजना छनौट गरिएका छन्।

यि खुद्रेखाद्रे योजना कार्यान्वयन भएपनि ठुलै उपलव्धी हुनेमा सो क्षेत्रका स्थानीय ढुक्क छैनन्। उल्टै योजना छनौट गर्दा सासंदले कसैसंग पनि छलफल नगरेको कैलालीको चुरे गाउँपालिकाका दीपक गौतमको आरोप छ।सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने सो कुरा स्वीकार गर्दैनन्। उनले सबैको सल्लाह अनुसार नै योजना छनौट गरेको बताए।

पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीको पुर्वाधार विकास कार्यक्रममा उदासीपुर खानेपानी तथा सरसफाई आयोजना धनचौरी सृजनशिल प्राविमा तटबन्धन, घनघने खोला तटबन्धन, विणा टोलको कल्भर्ट देखि रावत टोल हुँदै डाडा सम्म नाली सहितको सडक ग्रावेल, मसुरिया खानेपानी तथा सरसफाईको लाईन विस्तार र धारा जडान, सिंचाई आयोजना दाङ्गपुर, चौमाला खैराला सडक स्तरोन्नती, राजीपुर बालुवागडा खनियाताल सडक निर्माण छनौट गरिएका छन्। तर अधिकासं योजना विगतदेखि कुनै न कुनै नियकाले नितरन्तर रुपमा कार्यान्वयन गर्दै आएका छन्।

चौमला खैरला सडकको त निर्माणका लागि ठेक्का भईसकेको छ तर सासंदको कार्यक्रम मार्फत थप २७ लाख सक्ने चलखेल भईरहेको छ। तिनै खुद्रेखाद्रे योजना छानेर पुर्वाधार विकास कार्यक्रम मार्फत २ करोड सक्ने तयारी गरिएको छ। पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले योजना छनौट गर्दा सामानुपातिक सासंद, जिल्ला समन्वय समितिका सभापति र स्थानीय तहका जनप्रतिनिधिहरुसंग छलफल गरेको बताए।

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्वर ४ को क र ख मा गरि ४ करोडका ३० आयोजना छनौट गरिएको छन्। कैलाली निर्वाचन क्षेत्र नम्वर ४ का जनता राजनीतिक रुपमा भाग्यमानी भए। आफैले जिताएका दुवै प्रदेश सभा सदस्यहरु क्रमस सामाजिक विकास मन्त्री भए। तर योजना छनौट गर्दा कार्यकर्ता पोस्ने र मतदाता रिझाउने मात्रै काम भएपछि निर्वाचन क्षेत्रका वासिन्दामा निराशा बढेको छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार