शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धार्मिक
  • के भन्छ शनिबारकाे राशिफल

के भन्छ शनिबारकाे राशिफल

  • शनिबार, चैत्र १६, २०७५
के भन्छ शनिबारकाे राशिफल

जाेतिसशास्त्र – वि.सं.२०७५ साल चैत्र १६ गते । शनिबार । ईश्वी सन् २०१९ मार्च ३० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि दशमी ,५६ घडी ५८ पला,रातको ०४ बजेर ४७ मिनेट उप्रान्त एकादशी । नक्षत्र उत्तरषाढा,२८ घडी ३३ पला,बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त श्रवण । योग शिव,३४ घडि ५३ पला,बेलुकी ०७ बजेर ५७ मिनेट उप्रान्त सिद्ध । करण वणिज,दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त भद्रा,रातको ०४ बजेर ४७ मिनेट उप्रान्त बव । आनन्दादिमा राक्षस योग । चन्द्रराशि मकर ।  काठमाडौंमा सूर्योदय ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १८ मिनेट । दिनमान ३० घडी ५० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नया शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनितिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा नाँफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ ।  बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ ।  सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुनालेकामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुनालेमन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुनालेदैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनालेनतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपाहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनालेईच्छित कामनाहरु पुरा हुँनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनालेस्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा समय दिन नसक्दा अरुभन्दा परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन । आर्थिक रुपमा कमजोर हुदा दैनिक आवस्यक्ताहरु परिपुर्ति गर्न सकिने छैन । राजनिति तथा समाजसेवामा जनताको कमजोर सहभागित रहनेछ । आफन्त थता साभिभाईहरुको सहयोग नपाईदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्नाले केहि समयको लागी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुदा दैनिक खर्च जुटाउन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुनालेअरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्ष्ता बढेर जाने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।   

 

चर्चामा

सम्बन्धित समाचार