शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • एसइई परीक्षामा रद्द गरेको भन्दै विद्यार्थीले यसरी गरे टायर बालेर प्रदर्शन (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

एसइई परीक्षामा रद्द गरेको भन्दै विद्यार्थीले यसरी गरे टायर बालेर प्रदर्शन (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • शुक्रबार, चैत्र १५, २०७५
एसइई परीक्षामा रद्द गरेको भन्दै विद्यार्थीले यसरी गरे टायर बालेर प्रदर्शन (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ – परीक्षा रद्द गरेको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबारको पनि परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् ।

शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो भने बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।

विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण अवरुद्ध भएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को सामाजिक विषयकाे प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अघि नै बाहिरिएकाे छ । सप्तरी र धनुषामा अनिवार्य सामाजिक अध्ययन विषयकाे प्रश्नपत्र पनि बाहिरिएको आशंका गरिएको छ ।

विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि बिहीबार प्रदेश २ मा साे विषयकाे परीक्षा नै रद्द गरिएकाे छ । विज्ञान विषयकाे परीक्षा हुनुभन्दा एक दिनअगावै प्रश्‍नपत्र बाहिरिएकाे थियाे ।

सामाजिक विषयकाे प्रश्नपत्र भने जनकपुरबाट बाहिरिएको हुन सक्ने र सप्तरीसम्म पुगेकाे आकलन गरिएकाे छ । सामजिक सञ्जालमार्फत प्रश्नपत्र फैलिएकाे बताइन्छ ।

आज शुक्रबार हुने परीक्षाको प्रश्‍नपत्र जनकपुरमा बिहीबार नै फेला परेको छ । सामाजिक सञ्जालमार्फत देखिएका प्रश्‍नपत्र आधिकारिक हाे वा हाेइन भन्ने खुलेकाे छैन, आज परीक्षा सुरु भएपछि यसकाे पुष्टि हुन सक्नेछ ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धानका लागि १५ दिने म्यादसहित छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र पनि परीक्षाअगावै सामाजिक सञ्जालहरुमा देखा परेको हो । यद्यपि यसकाे पुष्टि हुन बाँकी छ ।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दा चिटहरु परीक्षाकाे एकदिनअगावैदेखि सप्तरी र सिरहालगायत जिल्लामा देखिएका थिए, अन्तत: प्रश्नपत्र बाहिरिएकाे पुष्टि भएपछि साे परीक्षा बिहीबार नै रद्द गरियाे ।

चर्चामा

सम्बन्धित समाचार