शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • धनगढीमा आमा खोज्दै बाजुराका १० वर्षीय बालक

धनगढीमा आमा खोज्दै बाजुराका १० वर्षीय बालक

  • मङ्लबार, चैत्र १२, २०७५
धनगढीमा आमा खोज्दै बाजुराका १० वर्षीय बालक

धनगढी १२ चैत्र।  आमाले मजदुरी गर्दै आएको होटल छोडेर गएपछि धनगढीमा एक बालक आमा खोज्दै सडकमा भौतारिरहेको अवस्थामा भेटिएका छन्। बाजुराको स्थायी ठेगना बताउने १० वर्षीय सागर सिंहलाई  आमा खोज्दै हिडेको अवस्थामा प्रहरीले भेटाएको हो। धनगढीको श्रेष्ठ होटलमा काम गर्दै आएकी आमा मधुमाया सिंहले केही दिन अघि होटल छोडेर अन्यत्र गएपछि अलपत्र परेका सागरलाई प्रहरीले अहिले बाल हेल्प लाईनको संरक्षणमा राखेको छ।

प्रहरीले सागरलाई शनिबार धनगढीमा भेटाएको थियो। आफ्नो बुबाको नाम गोविन्द बताउने बालकले आमासँग धनगढी उप–महानगरपालिकाको ३ को चटकपुरमा बस्दै आएका थिए। बालकलाई संरक्षण दिएको बाल हेल्प लाईन धनगढीका प्रमुख विष्णु पौडेलले उनले आमा खोजिरहेकाले सम्पर्कमा आउन आग्रह गरेकी छन्। उनले आमा–बुबा वा आफन्तलाई बाल हेल्प लाईनको सम्पर्कमा आएर बालकलाई लैजान आग्रह गरिन्। आफन्तले बाल हेल्प लाईनको टोल फ्री नम्बर १०८९ तथा मोवायल नम्बर ९८५८४२०१०० र   ९८१५६०९७७२ मा सम्पर्क गर्न सक्नेछन्।

दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार