बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन ? छैन भने यसरी दिनुहोस् निवेदन (नमुनासहित)

रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन ? छैन भने यसरी दिनुहोस् निवेदन (नमुनासहित)

  • सोमवार, चैत्र ११, २०७५
रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन ? छैन भने यसरी दिनुहोस् निवेदन (नमुनासहित)

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई रोजगार दिनका निम्ति सूचना संकलनको काम गरिरहेको छ । वडा कार्यालयहरू मार्फत बेरोजगारहरूको सूचना संकलनको काम तीव्र रूपमा भैरहेको छ । श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको नियुक्ति नै गरेर काम अघि बढाइसकेको छ । अहिले केही स्थानीय तह बाहेक सबैमा श्रम मन्त्रालयका तर्फबाट रोजगार सूचना अधिकृत यही कामका लागि खटिएका छन ।

तपाइ पनि बेरोजगार हुनुहुन्छ र रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन भने आफ्नो वडा कार्यालयमा छिटो सम्पर्क गर्नुहोस् । सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन यसअघि नै आह्वान गरिसकेको छ र विभिन्न वडा कार्यालयमा धमाधम बेरोजगारको आवेदन संकलनको काम पनि भैरहेको छ । अाफू बेरोजगार हो भन्ने सूचना दिन एउटा फारम भर्नुपर्ने हुन्छ । रोजगारीको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आफू बेरोजगार भएको र सरकारले सञ्चालन गरेको न्यूनतम रोजगार कार्यक्रममा संलग्न हुन पाउँ भन्दै निवेदन दिनुपर्छ । सरकारले तयार पारेको यो फारम सबै वडा कार्यालयमा पाइन्छ । मन्त्रिपरिषद्को चैत ४ गते बसेको बैठकले संशोधन गरेको यस्तो छ फारम

चर्चामा

सम्बन्धित समाचार