शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने

महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने

  • सोमवार, चैत्र ११, २०७५
महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने

काठमाडौं – ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो ।विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेरबहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोख्रेलले महत्वपूर्ण विधेयक भएकाले त्यसबारे वृहत रुपमा सरोकारवालाहरुसंग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै अझै पनि विधेयकमाथि कयौ संशोधन आवश्यक रहेको बताए ।सांसद भुसालले विधवा महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने लगायत विधेयकमा भएका प्रावधान अझै पनि संशोधन गर्न आवश्यक रहेको धारणा राखिन् । छलफलमा उठेका प्रश्नको जवाफ दिदै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले विषयगत आधारमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताए ।उनले विधवा महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने र डाक्टरको लापरवाहीका कारण विरामीको मृत्यु भएको वा नभएको भन्ने विषयमा छानविन गर्न गठन गरिने समितिका सदस्यको क्षमता र योग्यताका बारेमा सांसदहरुले गराएको ध्यानाकर्षणलाई आगामी दिनमा महत्व दिइने प्रतिवद्धता जनाए ।भक्तपुर। बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका६, चुवावन स्थायी घर भएका शिक्षक मोहन महत रामेछापको उत्कृष्ट विद्यालयको रुपमा परिचित सुनापति गाउँपालिका–६ डहुको श्री डहु माध्यामिक विद्यालयमा २०७२ सालदेखि अध्यापन गराउँदै आएका थिए। उनी उक्त विद्यालयका एकेडेमिक इन्चार्ज समेत थिए। फाल्गुन २१ गते विद्यालयको शौचालय नजिकै घाइते अवस्थामा भेटिएका उनी घाइते सँगसँगै बेहोसी अवस्थामा समेत थिए।

विद्यालयकै दुई शिक्षकले उनलाई बेहोसी अवस्थामा देखेपछि शिक्षिका शुधा महत, शिक्षक राकेश लामा, खेन्पो लामा र गुरु पाल्देन लामाको सहयोग मार्फत उपचारको लागि उनलाई धुलिखेल अस्पताल पुराइएको थियो। धुलिखेल अस्पतालबाट उनी काठमाडौँको केएमसी अस्पतालमा रिफर भए। १२ दिन पछि काठमाण्डौको केएमसी अस्पतालमा उपचारकै क्रममा उनकोे चैत ३ गते निधन भएको थियो।महतको सम्पूर्ण उपचार खर्च विद्यालयले नै बेहोरेको छ। मृत्यु पश्चात परिवारले महतको शब बुझ्न मानेनन्। दोषीलाई कारवाही नभएसम्म शब नबुझ्ने भन्दै पिडितपक्षले आफ्नो गुनासो पोखेका थिए। उनीहरुलाई अनुसन्धान भइरहेको छ भनेर झुलाइएको महसुस भएपश्चात भने मृतकको परिवारले शब बुझी चैत्र ९ गते शनिवारको दिन अन्तिम दाहसंस्कार गरेका छन्घटना घटेको एकदिन अघि महतले आफ्नी श्रीमती शान्ति महतलाई फोनमा आफुलाई प्रिन्सिपलले दबाब दिएको र ज्यानको खतरा भएकोले घर आउने जानकारी दिएका थिए। त्यसपछि श्रीमतीले हुन्छ आउनुहोस् भनिन्। उनी त आएनन् तर उनको घाइते अवस्थाको समाचार भने उनीसमक्ष आइपुग्यो। मृतकको दुई छोरा छन्। पारिवारिक खर्च सबै मृतकको कमाइको भरले धानिदै आएकोले अब उनको मृत्यु पश्चात परिवारको बिचल्ली नपारि राहत दिन सरकार समक्ष मृतकका भाई बिर बहादुर महतले अपिल गरेका छन्।पोस्टमाटमको रिपोर्ट अहिले सम्म आइपुगेको छैन। मृतकको खुट्टा तिन ठाउँमा फ्याक्चर भएको, हात भाचिएको र शरीरमा निलडाम भएको मृतकको श्रीमतीको भनाई छ। घटनाको प्रकृति हेर्दा विद्यालयमा नै नियोजित ढंगले घटना घटाइएको पिडित परिवारको शंका रहेको छ। मृतकका ससुराको भनाई अनुसार विद्यालयमा तिन दिन अघि देखि सिसि क्यामेरा नचल्नु, सोहि दिन गार्डलाई बिदा दिनु अनि बेलुकाको ८ बजे सम्म ट्युसन कक्षा संचालन गर्नुले घटना झन रहस्यमय बनाएको छ।प्रहरीले अनुसन्धान गरेको बताए पनि अहिले सम्म कसलाई अनुसन्धानको घेरामा राखेर के गरिरहेको छ भन्ने कुरामा पिडितपक्षका परिवार अनविज्ञ छन्। त्यसैले पनि पिडितपक्षले अनुसन्धान गर्न थुनामा राखेको व्यक्ति सार्वजनिक गरिदिन प्रहरीसमक्ष माग गरेको छ

चर्चामा

सम्बन्धित समाचार