बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा छट्पटाउदै शान्त लुवार

आर्थिक अभाबमा छट्पटाउदै शान्त लुवार

  • आइतवार, चैत्र १०, २०७५
आर्थिक अभाबमा छट्पटाउदै शान्त लुवार

प्रकाश सिंह
बाजुरा, १० चैत
हिमाली गाँउपालिका ६ का ५७ बर्षिय शान्त लुवार उपचार अभाबमा तड्पिरहेका छन् । गाँउले उनलाई उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पुयाएका थिए । त्यहाँ उनको उपचार सम्भब नभएपछि आर्थिक अभाबमा उनि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमानै तड्पिरहेका छन् ।
शान्तको परिवार आर्थिक अभाबमा निकै कमजोर रहेको छ । शान्तलाई अछामको बयलपाटा उपचार गर्ने स्वास्थ्यकर्मीले वताएका छन, तर उनि सँग त्यहाँ पुग्न पैशा नभएर उपचार अभाबमा छट्पटिरहेका प्राथमिक स्वास्थ्य केन्द्रका डा. गणेश चौधरीले वताएका छन् । उनको फोक्सोको समस्याले उनको मुटुको दायाँ भाग फेल भएको चौधरीले वताए । आफुहरुले स्वास्थ्य केन्द्रमा उपचार त गरीरहेका छौ, थप उपचारका लागि बयलपाट रिफर गरेको उनलाई जान भाडा समेत नभएकाले यतै रहेको स्वास्थ्य केन्द्रले वताएका छन् ।
शान्तलाई ८५ बर्षिय आमा नानिकला लुवारको बृद्वभत्ता बाफतको पैशा ल्याएर कोल्टि पुयाएका थिए । उनले दैनिक ५ सय भन्दा बढिको औषधि किन्नु परेको छ, आमाको बृद्धभत्ता बाफतको रकम ल्याएको थिए, त्यो सबै सकिएको शान्तले वताए । घरपनि नभएका उनि अरुको घरमा बस्दै आएको थिए, अरुको हलो जोतेर, उपल्लो जातिको फलामको भाडामा धार लगाएर परिवार पाल्ने गरेका छन्, उपचार गर्नका लागि कहाँ बाट पैशा ल्याउनु उनका भाई अम्मलाल सुनारले वताएका छन् ।
शान्तकी श्रिमति बञ्चि लुवारको आर्थिक अभावमा उपचार हुन नसकि गएको साउनमा मृत्युु भएको थियो । उनलाई पनि फोक्सोको समस्या थियो उपचारका लागि पैशा धेरै ठाँउमा खोजे तर कतै बाट पैशा नपाएपछि मृत्यु भएको शान्तले वताएका छन् । उनको घरमा चारजना नावालक छोरा छोरि मात्र रहेका छन् । १४ बर्षकि कल्पना लुवार, १३ बर्षकि पुप्पा लुवार, ७ बर्षका सुमना लुवार र २ बर्षिय अप्सरा लुवार रहेका छन् । बुवा लामो समय देखी बिरामी हुनुहुन्छ, आमाको मृत्यु भइसकेको छ, आफुहरु बिचल्लीमा रहेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार