शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • कांग्रेस नेता सिटौला अस्वस्थ, आइसियुमा राखेर उपचार हुँदै

कांग्रेस नेता सिटौला अस्वस्थ, आइसियुमा राखेर उपचार हुँदै

  • शुक्रबार, चैत्र ८, २०७५
कांग्रेस नेता सिटौला अस्वस्थ, आइसियुमा राखेर उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन ।  अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन । सिटौलाको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ।
सिटौलाका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन । डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन ।  रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइदै  गरिएको कांग्रेस नेता भिमसेनदासप्रधानले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार