बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • सडक खन्दा चाँदी र तामाका सिक्का भेटिए

सडक खन्दा चाँदी र तामाका सिक्का भेटिए

  • शुक्रबार, चैत्र ८, २०७५
सडक खन्दा चाँदी र तामाका सिक्का भेटिए

धम्बोझी, चैत ८ : बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ।

प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए। सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीले जनाएको छ । १३औं देखि १७औं शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने जनाएको छ।

‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लगेका छन्। तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ। (रासस)

चर्चामा

सम्बन्धित समाचार