शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • मुक्त हलिया समुदायले बुझाए मन्त्री शाहलार्ई ज्ञापन पत्र

मुक्त हलिया समुदायले बुझाए मन्त्री शाहलार्ई ज्ञापन पत्र

  • बिहिबार, चैत्र ७, २०७५
मुक्त हलिया समुदायले बुझाए मन्त्री शाहलार्ई ज्ञापन पत्र

मदन वि.क.
बाजुरा ७ चैत
बाजुराको बुढीनन्दा नगरपालिका वडा न. १ पीपलडालीका ४८ घरधुरीका हलियाहरुले सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।बुढीनन्दा नगरपालिका १ पीपलडाली गाउँमा ४८ जना हलिया समुदायका परीवार भएपनि २८ जना हलियाले मात्र प्रमाणीकरण भई परिचय पत्र पाएकोले बाँकी हलियाहरुको प्रमाणीकरण गरिनुपर्ने माग राख्दै मन्त्री शाहलाई लाई ज्ञापन पत्र बुझाएका हुन् ।


सरकारले मुक्त हलिया घोषणा गरेको एक दशक वितिसक्दा पनि बाजुरामा भने हलीया प्रथा उन्मुलन हुन नसकेका भन्दै हलियाहरुले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हलिया खाद्य अधिकार समूहका उपसंयोजक उज्जनी सार्कीले बताएका छन् । जिल्लामा रहेका हलियाहरुले पटक पटक गाँस बास कपासको ग्यारेन्टिको माग गरेपनि सरकारले वास्ता नगरेको भन्दै ८ बुधे ज्ञापन पत्र मन्त्रीलाई बुझाएका हुन् । ज्ञापन पत्रमा थप पुर्नस्थापनका कार्यक्रम ल्याउनु पर्ने, घर सँगै न्युनतम ५ कट्टा जग्गाको ब्यबस्थापन हुनु पर्ने, सरकार सँग भएको ५ बुँदे सबै सम्झौता कार्यन्वयन हुनु पर्ने माग राखेका थिए । त्यस्तै प्रमाणिकरणमा छुटेका हलियालाई प्रमाणिकरण गरी परिचय पत्र दिनु पर्ने, खाद्यको ग्यारेन्टि सँग रोजगारीको समेत पहल गर्नु पर्ने, मुक्ति पछि आफुहरुमा परेका समस्याहरुको समाधान गनु पर्ने, स्वास्थ्य उपचारको निशुल्क ब्यबस्था हुनुपर्ने र बच्चाहरुको शिक्षा उच्च शिक्षा सम्म निशुल्क र प्राबिधिक शिक्षाको ब्यस्था गर्नुपर्ने माग राखेका छन् ।
हलियाहरुले दिएको ८ बुधे ज्ञापन पत्र बुझ्दै मन्त्री शाहले बाजुराका हलियाहरुको लागि प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सभामा समेत कुरा राख्ने बताएका छन् । हलिया मुक्ति आन्दोलन पश्चात नेपाल सरकारले वि.स.२०६५ साल भदौ २१ गते हलिया मुक्तीको घोषणा भएको थियो । हलिया समुदायको सवालको खाद्य अधिकारको सवालका बारेमा फियान नेपाल नामक गैर सरकारी संस्थाले समेत काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार