शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • पूर्व प्रहरी उपरीक्षक विष्ट थुनामा

पूर्व प्रहरी उपरीक्षक विष्ट थुनामा

  • बुधबार, चैत्र ६, २०७५
पूर्व प्रहरी उपरीक्षक विष्ट थुनामा

कन्चनपुर, ६ चैत ।
भीमदत्तनगरपालिका–२ उलटाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा फरार रहेका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट मंगलबार अदालतमा उपस्थित भएका छन ।
कञ्चनपुर जिल्ला अदालतको ३५ दिने सूचना जारी भएका बेला प्रहरी उपरीक्षक विष्ट निवेदनसहित अदालत उपस्थित भएको श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए । श्रेष्तेदार अवस्थीका अनुसार अदालतमा उपस्थित भएका विष्टको मङ्गलबार बयान नसकिए पछि थुनामा राख्न आदेश दिएको बताए । विष्टको आज पनि बयान हुने छ बयान सकिए पछि थुनचेक बहस सुरु हुने अदालतले जनाएको छ । मुद्दाका अन्य प्रहरी कर्मचारीहरु यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन ।
निर्मला पन्त हत्या प्रकरणमा विष्ट सहित प्रहरी कर्मचारी विरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसमा उजुरी दिएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसी भने अझै सम्र्पकमा आएका छैनन् ।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिए ।
उनीसंगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने उपस्थित भएका छैनन् । मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनीहरूलाई रु दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार