शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • अमेरिकाले प्रचण्ड समात्ने होईन उजुरी पनि लिन मान्दैन `नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी

अमेरिकाले प्रचण्ड समात्ने होईन उजुरी पनि लिन मान्दैन `नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी

  • मङ्लबार, चैत्र ५, २०७५
अमेरिकाले प्रचण्ड समात्ने होईन उजुरी पनि लिन मान्दैन `नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी

काठमाडौं । अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ ।

अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।

प्रचण्ड किन गए अमेरिका ?

पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि आफू अमेरिका जान लागेको अमेरिका जानुपूर्व प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बताएका थिए ।

पत्नी सीतामा देखिएको पार्किन्सनको उपचारका लागि आफू अमेरिकाको बालटिमोर स्थित जनहप्किङ अस्पतालमा उपचार गर्न लागेको प्रचण्डको भनाइ थियो । ‘यसअघि सिंगापुरमा पनि उपचार भएको थियो केही हदसम्म यसले सहयोग गर्‍यो’ प्रचण्डले भनेका थिए,‘ अमेरिकामा यो सम्बन्धी पछिल्लो अनुसन्धान भइरहेको छ । ’

पत्नी सीताले एकपटक अमेरिका लैदिए राम्रो हुन्थ्यो भनेर जीकिर गर्न थालेपछि अमेरिका लाने प्रवन्ध गरिएको प्रचण्डको भनाइ थियो ।
अमेरिका जानका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले वातावरण बनाएर सहयोग गरेको र नेपालस्थित अमेरिकी राजदूत र अमेरिकास्थित नेपाली राजदूतले यसका लागि सहयोग गरेको प्रचण्डको भनाइ थियो ।

चर्चामा

सम्बन्धित समाचार