बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • यसरी बच्यो काठमाडौं आउने विमान

यसरी बच्यो काठमाडौं आउने विमान

  • सोमवार, चैत्र ४, २०७५
यसरी बच्यो काठमाडौं आउने विमान

ठाेक्किनबाट जाेगिएकाे इतिहाद एयरबस ३२० (इवाई २९०) विमान । | तस्वीर:एजेन्सी

काठमाडौं, चैत ४ : यूएईको आबुधाबीबाट काठमाडौं आइरहेको इतिहादको इयरबस र हो चि मिन्हाबाट पेरिस गइरहेको एयर फ्रान्सको जहाज मुम्बइको आकाशमा झण्डै ठोक्किनबाट जोगिएका छन् । दुवै बिमान मुम्बईको आकाशमा आइरहेका बेला विमानस्थलको एयर कन्ट्रोलरले उचाइ बदल्न निर्देशन दिएपछि झण्डै ठोक्किन पुगेका हुन्।

शुक्रबार दिउसो १ः४० बजे ति बिमान मुम्बइको आकासमा पुगेका थिए । यूएईको आबुधाबीबाट काठमाडौंका लागि आएको इतिहाद एयरबस ३२० (इवाई २९०) र भियतनामको हो चि मिन्हबाट पेरिसतर्फ गइरहेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) केही सेकेन्डले जोगिएको जनाएको छ।

टाइम्स् अफ इन्डिया डट कमले लेखेको छ, ‘दुई विमान तीन नटिकल माइल्स (झण्डैं ५.५५६ किलोमिटर)को फरकमा थिए, यो भनेको केही सेकेण्डको कुरा मात्र हो।’

त्यो बेला दुवै विमानमा अचानक ट्राफिक कोलिजन अभोइडेन्स सिष्टम्स् (टीसीएएस) चेतावनीमूलक संकेत देखियो । त्यसमा विपरित दिशामा उडिरहेका जहाज ठोक्किने जोखिम देखाइएको थियो।

त्यतिबेला एयर फ्रान्स तीन हजार दुई सय फिट उचाइमा उडिरहेको थियो भने इतिहाद तीन हजार एक सय फिटको उचाइमा थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई तीन हजार तीन सय फिट उचाइ लिन निर्देशन दिएका थिए।

जसले गर्दा दुर्घटना हुने जोखिम बढेको थियो । यसरी दुर्घटना हुन खोज्दा दुवै जहाजका पाइलटहरूले जहाजलाई टाढा लगेका थिए ।

यस्तो आदेश दिने मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको छ । यससम्बन्धी थप अनुसन्धान भइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

भारत र पाकिस्तानको विवादका कारण पाकिस्तानी क्षेत्रमा व्यवसायिक उडान बन्द गरिएको छ । जसका कारण अन्तर्राष्ट्रिय उडानहरू भारतकै आकाश भएर हुँदै आएका छन् । यसले भारतीय आकाशमा विमानको चाप बढेको छ।

चर्चामा

सम्बन्धित समाचार