शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सदरमुकाम मार्तडीमा नै मिलोमतोमा ठेक्का

सदरमुकाम मार्तडीमा नै मिलोमतोमा ठेक्का

  • बुधबार, फाल्गुन २२, २०७५
सदरमुकाम मार्तडीमा नै मिलोमतोमा ठेक्का

बडिमालिका समचार
फागुन, २२ बाजुरा
सदरमुकाम मार्तडीमै योजनामा मिलोमतोमा ठेक्का भएको छ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माणको लागि निकालेको सुचनामा ठेक्का मिलोमतो भएको हो । जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायत निकायको पहुँचमा रहेको मार्तडीमै योजनामा मिलोमतो भएको पाईएको हो ।
४० लाखमा निकालिएको सुचनामा ४५ जनाले ठेक्का फारम खरिद गरेको भएपनि एकजनालाई पार्ने गरि ४ जनाको फारम खसाल्न लगाएर मिलोमतोमा ठेक्का भएको एकजना ठेक्केदारले वताएका छन् । ठेक्का फारम चार वटा खसाएर प्रक्रिया पुयाएपनि ठेक्का भने बडीमालिका कन्ट्रसनका नाममा पर्ने गरि मिलोमतो भएको ठेकेदारहरुले वताएका छन् । बडिमालिका कन्ट्रसनले अन्य ठेकेदारलाई १० प्रतिशत र बाहिर परिचालन भएका ब्यक्तिलाइ ५ प्रतिशत बाडेको नाम नखुलाउने सर्तमा एक ठेकेदारले वताए । त्यस्तै शुशिल निर्माण सेवाले ठेक्काको फारम पहिलानै दिइसकेकाले उसलाई ठेक्का फिर्ता गराउनका लागि १५ हजार दिएको पाईएको छ ।
मिलोमतोमा बडिमालिका कन्ट्रसनको पार्नका लागि डिभि कन्ट्रसन, एवान खप्तड कन्ट्रसन र न्यु प्रकाश कन्ट्रसनलाई ठेक्का हाल्न लगाईएको थियो । पहिलो चरणमा मुल्याङ्कनमा भइसकेको त्यसमा सबै कागजपत्र बडिमालिका कन्ट्रसनको पुगेकोले उसले नै ठेक्का पाउने मुल्याङ्कमा बसेका एक कर्मचारीले वताए । बडीमालिका कन्ट्रसनले ३८ लाख ५ हजार १५ मा ठेक्का हालेको उनले वताए । खेलकुद विकास समितिकि प्रमुख लक्ष्मि बढुवालले भने आफुलाई कुनै जानकारी नभएको वताईन् । खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थापाले पनि को कसरी मिले जानकारी नभएको वताए । साथै उनले यस बारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।
ठेक्का खोल्नु उद्देश्य कम मुल्यमा त्यहि काम गर्ने हो, एक लेखापालले भने । नभए उपभोक्ता समिति गठन गरेर काम गरे हुन्थ्यो । ठेक्का मिलोमतो पाईएमा सार्वजनिक खरिद ऐन २०६३ का अनुसार मुल्याङ्कन कमिटिलाई ठेक्का रद्ध गर्ने अधिकार रहेको उनले वताए । ४५ फारम खरिद भएपनि जम्मा ४ मात्र खसाल्नुले मिलोमतो भएको मान्न सकिने उनले वताए । प्रहरि प्रशासनका पहुँच भएको ठाँउमा ठेक्का मिलोमतो हुने गरेका छन्, भने स्थानिय तहमा झनै हुने गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार