शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • भरतमोहन अधिकारीका नाममा श्रद्धाञ्जली दिन हतार नगर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

भरतमोहन अधिकारीका नाममा श्रद्धाञ्जली दिन हतार नगर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

  • शनिबार, फाल्गुन १८, २०७५
भरतमोहन अधिकारीका नाममा श्रद्धाञ्जली दिन हतार नगर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

१८ फागुन, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपाका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीका नाममा श्रद्धाञ्जली दिन हतार नगर्न आग्रह  गरेको छन ।  अधिकारीको उपचारको अवस्थाका बारेमा अस्पतालमै बसेर जानकारी लिइरहेका उपप्रधानमन्त्री पोखरेलले फेसबुक मार्फत श्रद्धाञ्जली दिन हतार नगर्न अनुरोध गरेका हुन ।

रातिको ८ः२३ बजे पोखरेलले फेसबुकमा यस्तो सन्देश लेखेका छन ‘आदरणीय भरतमोहन अधिकारी अहिले पनि मृत्युसित लडिरहनु भएको छ । उपचारका उपायहरू सफल हुन सकिरहेका छैनन् । तर यही स्थितिमा मृत्यु भयो भन्दै श्रद्धान्जली दिन किन हतारो गरेको ? साथीहरू, सबै कुरा बुझेर मात्र बोलौं ! अझ संवेदनशील विषयमा यस्तो किन ? ( १८ फागुन, बेलुकी ८.२३ / हेम्स अस्पतालबाट)’

अस्पतालले पत्रकार सम्मेलन नै गरे अधिकारीलाइ अब बचाउन नसकिने बताएपछि नेकपाका नेता कार्यकर्ताहरूले बढी अर्को इतिहास ढल्यो भन्दै भरतमोहनका नाममा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन । श्रद्धाञ्जली दिने कुरामा समेत मृत घोषित नभएका व्यक्तिको फोटै राखेर संवेदनहीन काम बढेपछि उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट अनुरोध गरेका हुन ।

चर्चामा

सम्बन्धित समाचार