शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

  • सोमवार, फाल्गुन १३, २०७५
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङ, फागुन १३ । बझाङमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाँउपालिका–४ बस्ने ४० वर्षीया कमल बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आइतबार घाँस काट्नका लागि घर नजिकैको चिउरीको भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । बिहान घाँस काट्नका लागि घरबाट निस्किएकी बोगटी राति अबेरसम्म घर नआएपछि स्थानीय बासिन्दाले खोजी गर्दै जाँदा बोगटी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सुदुरखबवर डट कमबाट

चर्चामा

सम्बन्धित समाचार