शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • मंगलबार रातिदेखि देशभर पानी पर्ने, पाँच दिनसम्म मौसम बदली भई वर्षा र हिमपात हुने

मंगलबार रातिदेखि देशभर पानी पर्ने, पाँच दिनसम्म मौसम बदली भई वर्षा र हिमपात हुने

  • आइतवार, फाल्गुन १२, २०७५
मंगलबार रातिदेखि देशभर पानी पर्ने, पाँच दिनसम्म मौसम बदली भई वर्षा र हिमपात हुने

फागुन १२, काठमाडौं । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

‘मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना छ,’ मौसमविद कँडेलले भनिन्, ‘त्यसको केही प्रभाव बिहीबार पनि देखिनसक्छ ।’ बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ ।

आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ ।

यद्यपि आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार