शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • वैज्ञानिकको निष्कर्ष : जवान रहन साङ्लाको दूध

वैज्ञानिकको निष्कर्ष : जवान रहन साङ्लाको दूध

  • आइतवार, फाल्गुन १२, २०७५
वैज्ञानिकको निष्कर्ष : जवान रहन साङ्लाको दूध

आजसम्म तपाईंले गाई, भैँसी, बाख्रा लगायतका जनावरको दूध पिउनु भएको होला । प्रोटिन लगायतका विभिन्न पोषक तत्व हुने दूधलाई निकै गुणकारी खानेकुरा मानिन्छ ।

स्तनधारीको दूध हुनु स्वभाविकै हो । तर के तपाइँले कुनै किट पतङ्गको दूधको बारेमा सुन्नुभएको छ ? अझ किराको दूध गाईको दूध भन्दा पनि धेरै फाइदाजनक हुन्छ भन्ने सुन्दा सायद पत्याउनु हुन्न होला ।

हो, यो दुनियामा एउटा यस्तो प्रजातिको साङ्ला छ, जसले दूध दिन्छ । उक्त साङ्लाले अण्डा पार्दैन, बच्चा जन्माउँदछ । उक्त साङ्लाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ ।

विश्वका विभिन्न दशेका मानिसहरुले साङ्लाको सेवन गरिरहेका छन् । आउँदा दिनमा त्यहीँ साङ्लाको दूधले विश्वव्यापी बजार पिट्नेवाला छ ।

भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले यस विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच हो ।

यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्दछन्, निकै स्वस्थ हुन्छन् । त्यसको मुख्य कारण चाहीँ साङ्लाको दूध नै हो ।

अध्ययनको क्रममा गाईको दूधमा भन्दा उक्त साङ्लाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाइन्छ । साङ्लाको दूधमा प्रोटिन क्रिस्टल नामको एक धातु पाइन्छ । जसले उक्त दूधलाई निकै पौष्टिक तथा शक्तिशाली बनाउँदछ ।

-एजेन्सी

चर्चामा

सम्बन्धित समाचार