मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • गरिबको सेवामा बयलपाटा अस्पताल

गरिबको सेवामा बयलपाटा अस्पताल

  • आइतवार, फाल्गुन ५, २०७५
गरिबको सेवामा बयलपाटा अस्पताल

प्रकाश सिंह
अछाम, ५ फाल्गुण
अछामको साफेबगर नगरपालिका १३ बाब्बलाका ५२ बर्षिय अम्मर बिष्टलाई चार महिना पहिला पेट दुखाईको समस्या भएपछि बयलपाटा अस्पतालमा उपचारका लागि लगियो । अम्मरलाई स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको सानो आन्द्रा दुइ ठाँउमा फुटेर पेटमा संक्रमण फैलिसकेको वताए । उनलाई अप्रेशन गरेर मात्र बचाउन सकिने थियो, धेरै संक्रमण फैलिसकेकालाई उनलाई बचाउन पनि निकै जोखिम थियो, बयलपाटा अस्पतालका चिकित्सक सेवा, शिक्षाका निर्देशक डा. विकास गौचनले वताए ।
अप्रेशन ठुलो गर्नु पर्ने र आईसियुको ब्यबस्था हुनु पर्ने थियो । बयलपाटा अस्पतालमा आईसियुको ब्यबस्था थिएन् । बिरामीलाई रिफर गर्न खोज्यौ, बिरामीका आफन्तले अन्य ठाँउमा लग्न पैशा छनै, रिफर गर्ने भएपछि घर लिने वताए । अप्रेशनका लागि नेपालगञ्ज काठमाडौ लग्नु पर्ने थियो, त्यहाँ ४ लाख भन्दा बढि खर्च हुने भनेपछि आफन्तले पैशा छैन् भनेर लिन चाएनन् । अप्रेशन गर्दा बाँच्ने सम्भाबना ५० प्रतिशत हुन्थ्यो, घरमा लगे १ हप्ता सम्म मात्र बाच्ने त्यो भन्दा परिवारले यतै अप्रेशन गरिदिनु परयो भनेर आग्रह गरे । अस्पतालले वडा अध्यक्ष सागर बाब्लीको रोहवहरमा अप्रेशन गरे, उनको अप्रेशन सफल पनि भयो अहिले स्वास्थ्य अबस्था पनि सुधार हुदै आएको निर्देशक डा. विकास गौचनले वताए । बिरामीको १ पैशा पनि खर्च नभएको उनले वताए । अर्को अस्पतालले आन्द्राको अप्रेशन सफल शल्क्र्रीया गरेको उनले वताए ।
अम्मर बिष्टकी श्रीमति कोकिला बिष्टले भनिन्, यहाँ उपचार नभए बाहिर लग्नु पर्ने थियो, पैशा थिएन्, तर यहि उपचार भयो १ पैशा पनि खर्च नभएको उनले वताईन् । अछामको बयलपाटामा स्थापना भएकोका बयलपाटा अस्पताल स्थापना भएको १० बर्ष भयो । बिना पैशामा अस्पतालले ठुलो अप्रेशन सम्म गरेर बिरामीको सेवा दिदै आएको छ । मंगलशैन नगरपालिका १ बस्ने ६५ बर्षिय तनि थापा र सोही नगरपालिका ११ कि ७६ बर्षिय कालि ढुङ्गनाका हड्डी प्रत्यारोपाण गर्नु पर्ने थियो । निजिमा उपचार गरे ७ लाख खर्च हुने थियो, काठमाडौका सरकारी अस्पतालमा पनि धेरै खर्च लाग्ने गरेको थियो, तर बयलपाटा अस्पतालमा १ पैशा खर्च नभएर उनका उपचार भएको अस्पतालले जनाएको छ । यो अप्रेशन पनि निकै जटिल हो तर अस्पतालमै सफल भएको गौचनले वताए । उपचार पछि तनि थापाले भनिन्, अन्यत्र लिन पैशा दिएन्, बयलपाटामा उपचार नभएको भए पिडा सहदै बस्नु पर्ने बाध्यता थियो, अहिले यतै उपचार हुँदा सञ्चो भएको तनिले वताईन् ।
गरिबका लागि निकै बरदान भएको छ, दिल्लीमा उपचार गर्दै थिए, त्यहाँ ३ लाख भारु खर्च भएको थियो । अहिले ३ बर्ष यता बयलपाटा अस्पतालमा उपचार गरीरहेको छु १ पैशा पनि खर्च नभएको बाजुराको बुढिगंगा नगरपालिका ९ बजेडीका मान बहादुर सिंहले वताए । त्रिबेणी नगरपालिका १ छतारा कि बासु चँदाराको गएको बर्ष पाठेघरको अप्रेशन गरेर फाल्नु पर्ने थियो, बयलपाटा अस्पताले नै उनको अप्रेशन गरेर निको पारयो । चिकित्सक सेवा शिक्षाका निर्देशक डा. विकास गौचनले भने यो पनि ठुलो अप्रेशन हो, धेरै पैशा खर्च हुन्थ्यो, तर यहाँ एक पैशानी खर्च नभएको वताए ।
स्वास्थ्य मन्त्रालय र न्याय हेल्थ नेपाल गैर सरकारी संस्थाको समन्वय तथा सहकार्य र अमेरीकि संस्था पोसिबलको (उयककष्दभि जभबतिज० सहयोगमा १० बर्ष देखी यो दुर्मम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ । ५० शैया रहेको यो अस्पतालले बार्षिक ९० हजार बिरामीको सेवा दिदै आएको छ । मेजर अप्रेशन मात्र एक महिनामा ३० जना भन्दा बढिको हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा १२ जना चिकित्सक कार्यरत रहेका छन् । अस्पतालले भर्ना शुल्क, उपचार सेवा, भर्ना भएका बिरामीलाई बेड चार्ज देखी खाना समेत निशुल्क गर्दै आएको डा. विकास गौचनले वताए । २ सय ४० प्रकारका औषधि निशुल्क प्रदान गर्दै आएको छ । अस्पतालमा रगत संकलन केन्द्र, ल्याब, एक्सरे, अप्रेशन, अल्ट्रासाउन्ड, आकस्मिक प्रसुति सेवा, सुरक्षित गर्भपतन सेवा लगायत स्वास्थ्य शिक्षा समेत प्रदान गर्दै आएको छ । सरकार सँग मिलेर आमा सुरक्षा कार्यक्रम पनि सञ्चालन हुदै आएको छ ।
अछाममा स्थापना भएको बयलपाटा अस्पतालमा अछाम, बाजुरा, बझाङ्ग, डोटि, हुम्ला, मुगु र कालिकोट जिल्लाको उपचारमा आउने गरेका छन् । काठमाडौको अस्पतालले दिने सेवा दिदै आएको छ अर्को अस्पतालमा उपचार देखी बिरामीको खाना खर्च निशुल्क हुने गरेको छ, अर्को सेवा पनि निकै गुणस्तरीय रहेको नागरीक अगुवा शेर बहादुर शाहिले वताएका छन् ।
गुणस्तरीय सेवा
बयलपाटा अस्पताल गाडिमा १ घण्टा टाढा अछाम अस्पताल छ, अढाई घण्टा टाढा बाजुरा जिल्ला अस्पताल र ३ घण्टा टाढा डोटि जिल्ला अस्पताल छ । तर यी अस्पताल भन्दा बिरामीको चाप निकै बढी बयपलाटा अस्पतालमा हुने गरेको छ । बयलपाटा अस्पतालमा दैनिक सरदर ४ सय भन्दा बढि बिरामी उपचारका लागि आउने गरेका छन् । तर जिल्ला अस्पतालमा १ सय सरदरमा आउने गरेका छन् । जिल्ला अस्पतालमा दक्ष जनशक्त्ति, आबश्यक पुर्वाधार छैन्, बयलपाटा अस्पतालमा धेरै कुरा ब्यबस्थापना हुँदा बयलपाटा अस्पताल प्रति निकै बिश्वास बढेको जिल्ला अस्पताल बाजुराका सिनेर अहेब दिपक शाहले वताएका छन् । उनले भने शहरका उत्कृष्ट अस्पताल भन्दा राम्रो उपचार पाँउने गर्छन्, सारै अप्ठयारो भए मात्र नेपालगञ्ज काठामाडौ जाने गर्छन्, नभए बयलपाटा उपचार हुने गरेको वताए ।
बयलपाटा अस्पतालमा उपचार राम्रो भएकै कारणले अछाम र बाजुरा जिल्ला अस्पतालले बयलपाटा रिफर गर्ने गरेका छन् । अर्को अस्पतालमा बिरामी बढनुको कारण अस्पतालमा हुने उपचारमा १ पैशा पनि खर्च हुदैन् । पुर्जी काट्ने, ल्याब सेवा, एक्सरे, अल्ट्रासाउन्ड, अप्रेशन, बिरामी बेड चार्ज र खाना खर्च कुनै नलाग्ने भएकाले बिरामी संख्या बढने गरेको छ । जिल्ला अस्पताल अछाममा गएपछि ल्याब, भर्ना शुल्क लिने गर्छन्, बयलपाटामा कुनै खर्च लाग्दैन्, साफेबगर नगरपालिका २ बस्ने रतन बहादुर शाहले वताए । यो अस्पताल त गरिबहरुको अस्पताल नै भनेपनि भयो, स्वास्थ्य चौकीमा गए त पुर्जी शुल्क लिने गर्छन्, तर यहाँ केही लाग्दैन्, पैशा नहुने अस्पताल भएको शाहले थपे ।
ल्याब सेवा पनि शुदुरपश्चिमको उत्कृष्टका रुपमा परिचित छ । किल्नीकल सेवाका प्रबन्धक ओमकार अधिकारीका अनुसार सबै डिजिटल सेवा बाट ल्याब सेवा सञ्चालन गरीरहेको वताए । अन्य अस्पतालमा जाँदा सरसफाई ब्यबस्थापन निकै कमजोर हुने, उपचारका लागि जाने बिरामी झन बिरामी हुने सम्भाबना हुने गर्छ, तर बयलपाटा अस्पताल सरसफाई र निकै ब्यबस्थापन रहेको बाजुराका स्थानिय पत्रकार लक्ष्मिराज पाध्यायले वताएका छन् ।
सामुदायिक अस्पतालले राम्रो काम गरे बार्फत सरकार बाट पाँउने अनुदानमा बयलपाटा अस्पताले देशमै बढि रकम पाँउनेमा अग्रपन्तिमा आउने गरेको छ । कार्यसम्पादन राम्रो गरेकै कारण गएको बर्ष मात्र नेपाल सरकार बाट २ करोड ७० लाख अनुदान नगद रकम प्राप्त गरेको अस्पतालले जनाएको छ । अमेरिकि गैर सरकारी संस्थाको सहयोगमा सञ्चालन भएको अस्पतालको भौतिक संरचनामा ५० प्रतिशत राज्यको लगानि हुने गरेको छ ।
घर घरमा सामुदायिक स्वास्थ्य शिक्षा
बयलपाटा अस्पतालाले अस्पतालमा आउने बिरामीलाई उपचार मात्र नभई घरमै पुगेर स्थानियलाई स्वास्थ्य शिक्षा समेत दिदै आएको छ । स्वास्थ्यकर्मी घरमै पुगेर गर्भवति जाँच, सल्लाह, र दिर्घरोगिलाई सेवा दिदै आएको अस्पतालकि सञ्चार प्रमुख सुभिच्छँया पौडेलले वताईन् । अछामका १० वटा स्थानिय तह रहेका छन् । ति मध्ये मेल्लेख गाँउपालिका, चौरपाटि गाँउपालिका, कमल बजार नगरपालिका, साफे बगर नगरपालिकाको ८ ओटा वडा र बान्नीगढि गाँउपालिका ३ वटा वडामा अहिले यो कार्यक्रम सञ्चालनमा रहेको छ, बाकि स्थानिय तहमा पनि जाने रहेको पौडेलले भनिन् ।
गर्भवति महिलालाई ९ महिना सम्म नियमित रुपमा स्वास्थ्यकर्मीले फलोअप गर्ने गरेका छन् । बच्चा पाइसकेपछि पनि खोप बारे जानकारी, बच्चाको हेरचाय र पोषणको बारेमा समेत जानकारी गराउने गरेका छन् । फिल्डमै गएर गर्भवति महिलाको अल्ट्रासाउड, रगत जाँच गर्ने गरेका छौ, डेलिभरी हुँदा स्वास्थ्य चौकी जाने वाताबरण र अप्ठयारो भएमा बयलपाटा अस्पताल पठाउने गरेका छौ, सामुदायिक स्वास्थ्य कार्यक्रमका साहयक भावना बोगटीले वताएकि छन् ।
दिर्घरोगिहरुलाई पनि घरमै गएर उनिहरुलाई सल्लाह र उपचारका लागि अस्पताल जाने वातावरण समेत सिर्जना गर्ने गरेका छन् । श्वासप्रश्वास, मानसिक स्वास्थ्य, प्रेसर र मधुमेह रोगीलाई समेत सहयोग गर्ने गरेको अस्पतालले जनाएको छ । मेल्लेख गाँउपालिका वडा नम्बर ३ का वडा सचिब नरेन्द्र शाहले बयलपटा अस्पतालमा उपचारमा मात्र हैन गाँउमा आएर उपचारका साथै स्वास्थ्य शिक्षा दिने काम भइरहेको वताएका छन् । स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेकालाइ स्वास्थ्य पहुँचमा ल्याउने समेत काम भएको शाहले वताए ।

चर्चामा

सम्बन्धित समाचार