शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नगरपालिका स्तरिय परियोजना परिचयात्मक तथा समन्वय बैठक सम्पन

नगरपालिका स्तरिय परियोजना परिचयात्मक तथा समन्वय बैठक सम्पन

  • आइतवार, जेष्ठ ५, २०७६
नगरपालिका स्तरिय परियोजना परिचयात्मक तथा समन्वय बैठक सम्पन

समाचार डेस्क
बाजुरा ५ जेठ – नगरपालिका स्तरिय नगरपालिका स्तरिय परियोजना परिचयात्मक तथा समन्वय बैठक सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोगमा युनेस्को,यु एन एफ पि ए र यु एन ओमिनद्वारा सँयुक्त रूपमा सँचालित बृहत यौनिकता शिक्षा परियोजनाको नगरपालिका स्तरिय परियोजना परिचयात्मक तथा समन्वय बैठक गरिएको थियो । सो बैठक त्रिवेणी नगरपालिकामा सँचालन गरि सम्पन गरिएको पीसविन बाजुराका कार्यक्रम प्रबन्धक धर्म रोकायाले बताएका छन् । भएको छ । त्रिबेणी नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा नगर उप प्रमुख राधिका देवि सुनारको अध्यक्षतामा संचालन भएको थियो । सो कार्यक्रमको सचांलन पीसविन बाजुराका बिकास सहायक जानकी खत्रिले गरेकी थिइन् । कार्यक्रमको उदेश्य तथा कार्यक्रमका बारेमा जानकारी तथा सहजिकरण युनेस्कोका कार्यक्रम संयोजक जनकराज भट्ट र पीसविनका निमित्त कार्यक्रम प्रबन्धक धर्म बहादुर रोकायाले गरेका थिए । बिद्यालय र समुदायमा यौनिकता शिक्षाका बारेमा जानकारी, उद्यम बिकास तथा सीप बिकास तालिम र लैङ्गकि सम्वेदनशिलताका बारेमा जानकारी तथा छलफल गर्ने उद्यस्यले उक्त परियोजना सँचालन गरिएको कार्यक्रम प्रवन्धक धर्म बहादुर रोकायाले जानकारी गराएका थिए । नगर उप प्रमुखको अध्यक्षतामा ५ सदस्यिय कार्यदलको गठन गरीएको छ । उक्त कार्यदलले शैक्षिक तथ्यांकको आधारमा नगरपालिकाका ९ वटा वडाहरू मध्ये ५ वटाका टोलहरूको छनौट गरि कार्यमुलक साक्षरता कक्षा सचांलन गर्ने कार्यक्रम प्रबन्धक धर्म रोकायाले बताएका छन् । कार्यक्रमको सहजिकरण पीसविन बाजुराले गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार